कोलकत्ता बिरुद्ध दिल्लीको खेल आज, क्रिकइन्फोले सन्दिप लामिछानेलाई राख्यो प्लेयर्स टु वाच सहित टिम ११ मा

२१ चैत, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सन्दीप लामिछाने संलग्न रहेको दिल्ली क्यापिटल्सले बिहीबार राति (आज) कोलकत्ता संग प्रतिस्पर्धा गर्दैछ ।

फिरोज शाह कोट्ला रंगशालामा नेपाली समयअनुसार ८ बजेर १५ मिनेटमा दिल्लीले कोलकत्ता सँग प्रतिस्पर्धा गर्न लागेको हो । यस अघि दिल्ली ६ खेलमा ३ जित र ३ हार निकाल्दै अंक तालिकाको छैठौ स्थानमा रहेको छ भने कोलकत्ता उत्कृष्ट ब्याटिंग गर्दै ६ खेलमा ४ जित र २ हार व्यहोर्दै अंकतालिकाको दोश्रो स्थानमा रहको छ ।

नेपाली स्पिनर सन्दिप लामिछाने खेलेका २ म्याचमा गरेको प्रदर्शनलाई मध्येनजर गर्दै क्रिकइन्फोले अन्तिम ११ मा राख्दै बिश्वका

उत्कृष्ट बलर कुलदिप यादब संगै नेपाली स्पिनर लामिछानेलाई पनि प्लेयर्स टु वाचको सुचीमा राखेको छ ।

शुक्र, चैत्र २९, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस