युएई बिरुद्द बल्ल खेलमा फर्कियो नेपाल, अर्धशतक हानेका टन्डन आउट

आइसिसी यू-१९ विश्वकप छनोटमा नेपालले यूएईलाई २ सय ४८ रनको मजबुद लक्ष्य दिएको नेपालका खतरनाक बन्दै गईरहेको युएईका ब्याट्सम्यान बल्ल आउट भएका २९ ओवरको अन्तिम बलमा ८५बल खेल्दै र ५४ रन बनाएर खेलिरहेका अंश टन्डन आउट भए संगै नेपालले साझेदारी तोडेको छ र खेलमा फर्केको छ ।ताजा स्थितिमा युएईले ३ विकेट गुमाउदै १२२ रन जोड्दा ३० ओवर खेलेको छ। युएईका भी अरविन्द अर्धसतकको नजिक छन् ।

 

यस अघि भीम सार्की र हरिबहादुर चौहानले अर्धशतक प्रहार गरेपछि आइसिसी यू-१९ विश्वकप छनोटमा नेपालले यूएईलाई २ सय ४८ रनको मजबुद लक्ष्य दिएको छ।टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २ सय ४७ रन बनायो। नेपालका लागि हरिबहादुर चौहानले ६७ तथा भीम सार्कीले ५३ रनको अर्धशतकीय पारी खेले। ७४ बलको सामना गरेका हरिले ७ चौका प्रहार गरे भने ५४ बल खेलेका भीमले ४ चौका र २ छक्का प्रहार गरे।

मलेसियाको क्वालालाम्पुरस्थित किनारा ओभल एकेडेमी मैदानमा जारी खेलमा नेपालका ओपनर रित गौतमले ४४ रन जोडे। ७३ बल खेलेका उनले ३ चौका प्रहार गरे। यस्तै आसिफ शेखले २७, कप्तान रोहित पौडेलले १८ र पवन सर्राफले १२ रन जोडे।

६ टोली सहभागी प्रतियोगिताको शीर्ष स्थानमा रहने टोली अर्को वर्ष दक्षिण अफ्रिकामा हुने विश्वकपका लागि योग्य हुनेछ। पहिलो खेलमा नेपालले शुक्रबार सिंगापुरलाई २ सय १७ रनको फराकिलो अन्तरले पराजित गरेको थियो। उक्त जितसँगै नेपाल अंकतालिकाको शीर्षमा छ।

 

शनि, चैत्र ३०, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस