भरतपुरको तारापुञ्ज सहकारीको वार्षिकोत्सवमा विविध कार्यक्रम

चितवन, चैत ३०-

भरतपुरको हाकिमचोकमा रहेको तारापुञ्ज बचत तथा ऋण सहकारी संस्थाले १० औ वार्षिकोत्सवको अवसर पारेर विविध कार्यक्रम गरेको छ ।

सहकारीले वार्षिकोत्सवको अवसर पारेर देवघाटमा रहेका ज्येष्ठ नागरिकको सम्मान, विभिन्न समिति, उपसमितिको संयुक्त बैठक, नव वर्षको शुभकामना आदान–प्रदान तथा क्यालेण्डर सार्वजनिक एवम् विमोचनलगायतका कार्यक्रम सम्पन्न गरेको हो ।

सहकारीले आज देवघाटधाम विकास कोषद्वारा सञ्चालित बृद्ध आश्रमका रहेका ३२ जना वृद्धवृद्धालाई सम्मान तथा भोजन कार्यक्रमका साथै नगद ६५ हजार रुपैयाँ रकमसमेत प्रदान गरेको छ । वार्षिकोत्सवकै कार्यक्रम अन्तर्गत संस्थाले सञ्चालक समिति, विभिन्न उपसमिति, सल्लाहकारलगायत कर्मचारीको संयुक्त बैठक, नव वर्षको शुभकामना आदानप्रदान तथा क्यालेण्डर सार्वजनिक एवम् विमोचन कार्यक्रमसमेत सम्पन्न गरेको छ ।

कार्यक्रममा प्रमुख अतिथि सहकारी संस्थाका संस्थापक अध्यक्ष गोवद्र्धन गौली रहेका थिए । कार्यक्रममा संस्थाले हाल सम्म भए गरेका काम र आगामी दिनमा गरिन लागेको योजनाका विषयमा छलफल गरिएको कार्यक्रमका सभापति तथा संस्थाका अध्यक्ष सुदीप रेग्मीले बताए । सोही कार्यक्रममा प्रमुख अतिथि गौलीले सहकारी संस्थाले प्रकाशन गरेको नव वर्ष २०७६ को क्यालेण्डर विमोचन तथा सार्वजनिक गरेका थिए ।

कार्यक्रममा संस्थामा हाल करिब एक हजार सेयर सदस्य र करिब २९ करोड पूँजी रहेको जानकारी गराइको थियो । कार्यक्रमको सञ्चालन संस्थाका सचिव रेगन पन्त र कार्यक्रमका विषयमा उपाध्यक्ष श्रीराम देवकोटाले जानकारी गराएका थिए ।

शनि, चैत्र ३०, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस