Breaking News- लुक्लामा समिट एयरको जहाज दुर्घटना, ४ जनाको मृत्यु

लुक्लामा गोमा (समिट ) एयरको जहाज दुर्घटना भएको छसमिट एयरको जहाज  दुर्घटनामा पाइलट र को- पाइलटको स्थीति गम्भीर भएको खबर प्राप्त भएको छ।

घटनामा पाइलट र सुरक्षाकर्मीसहित ४ जनाको मृत्यु भएको पुष्टि भएको छ।

जिल्ला प्रहरी कार्यालय साेलुखुम्बुका प्रमुख डिएसपी शालिकराम शर्माले घटनाकाे पुष्टी गर्दै भने,’रन वेमा चिप्लिएर समिटकाे प्लेन श्री एयरकाे हेलिकाेप्टरमा ठाेक्किएकाे छ, हामी उद्धार गरिरहेका छाैं, पछि विस्तृत विवरण अाउछ।’

यात्रु छोडेर काठमाडौँ फर्किने क्रममा सो दुर्घटना भएको हो घटनाको बिस्तृत बिवरण आउन बाकि छ

 

आइत, बैशाख १, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस