अन्तिम खेलमा टिममा नपरेका सन्दिप लामिछानेलाई आजको खेलमा क्रिकइन्फोले राख्यो प्लेयर्स टु वाचको सुचीमा

१ बैशाख काठमाडौं। इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सन्दीप लामिछाने संलग्न रहेको दिल्ली क्यापिटल्सले आइतबार राति (आज) हेदराबाद संग प्रतिस्पर्धा गर्दैछ ।

अघिल्लो खेलमा अन्तिम ११ मा नपरेका सन्दिप लामिछाने आज टिममा पर्ने सम्भावना बढी रहेको छ । अघिल्लो खेलमासन्दिपको ठाउँमा खेलेका किमो पौलले सोचे अनुरुपको बलिंग नगरेपछि सन्दिपले फेरी अन्तिम ११ मा आफ्नो स्थान सुरक्षित गर्न सक्छन

 

हैदरावादमा नेपाली समयअनुसार ८ बजेर १५ मिनेटमा दिल्लीले कोलकत्ता सँग प्रतिस्पर्धा गर्न लागेको हो । यस अघि दिल्ली ले ७ खेलमा ४ खेल जित्दै तालिकाको चौथो स्थानमा छ  भने हैदराबाद छैठौ स्थानमा छ

नेपाली स्पिनर सन्दिप लामिछाने खेलेका  म्याचमा गरेको प्रदर्शनलाई मध्येनजर गर्दै क्रिकइन्फोले अन्तिम ११ मा राख्दै बिश्वका

उत्कृष्ट कसिंगो राबाड़ा संगै प्लेयर्स टु वाच बलरको सुचीमा पनि राखेको छ

 

आइत, बैशाख १, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस