बालुवाटार माफियाको कब्जामा: प्रधानमन्त्रीको गर्जन सरकारी सम्पत्तिको तलमाथि गर्ने कसैलाई छोड्ने छैन (भिडियो)

१ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जालसाँझी गरेर कब्जा गरिएका सरकारी जग्गाहरु सबै फिर्ता गरिने बताएका छन् । जो कोहि परुन सरकारी जग्गा अपचलन गर्ने माथि सरकार कडा रुपमा प्रस्तुत हुन्छ।केहि समयअघिबाट  बालुवाटारस्थित प्रधानमन्त्री निवासको जग्गा नै भूमाफियाहरुले बेचेको खुलासा भएको र त्यसमा सत्तारुढ दलका महासचिव देखि पूर्वप्रधानमन्त्री सम्म मुछिएपछि प्रधानमन्त्रीको यस्तो धारणा आएको छ  ।

आईतबार बिहान सरकारी निवास बालुवाटारबाट देशभित्र र बाहिर रहेका समस्त नेपालीलाई शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले  सुशासनको शत्रु भ्रष्टाचार भएको भन्दै उनले ‘भ्रष्ट र भ्रष्टचारका सन्दर्भमा मुखमा पानी हालेर नबोल्ने –भ्रष्टचारीलाई कारवाही गर्दा त्यसको मुख नहेर्ने’ आफ्नो दृढ सार्वजनिक घोषणा भएको उल्लेख गरे।

 

 

 

 

 

आइत, बैशाख १, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस