प्रधानमन्त्री निबास अगाडी प्रदर्शन ”बालुवाटार बेच्नेले सिंहदरबार बेच्लान होसियार” !

बैशाख २ काठमाडौं  विवेकशील साझा पार्टीले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार अगाडि प्रदर्शन गरेको छ । प्रदर्शनमा सहभागी पार्टीको नेता–कार्यकर्ताले भ्रष्टाचार कहिलेसम्म जनता सचेत नभएसम्म, ठूलो माछा कता छ सिंहदरबार जता छ, बालुवाटार बेच्नेले सिंहदरबार पनि बेच्लान् होसियार, भ्रष्टाचारी बहिष्कार, माफियातन्त्र अस्विकार आदि लेखेका प्लेकार्ड बोकेका थिए ।

प्रधानमन्त्री र प्रधानन्यायाधीश निवासभित्रैको जग्गा ‘भूमाफिया’ र भूमिसुधार कार्यालय, डिल्लीबजारका कर्मचारीको मिलेमतोमा व्यक्तिका नाममा दर्ता गरेको एक सरकारी छानबिन समितिले ठहर गरेको थियो।३४ रोपनी १३ आना २ पैसा जग्गामा फैलिएको प्रधानमन्त्री निवासभित्रको ३ रोपनी १० आना जग्गा व्यक्तिको नाममा दर्ता भइसकेको छ। १४ रोपनी १० आना क्षेत्रफलमा रहेको प्रधानन्यायाधीश निवासभित्रको २ रोपनी १४ आना जग्गा पनि व्यक्तिका नाममा पुगेको छ।

सरकारी जग्गा हत्याउने यो प्रकरणमा भूमाफियाको संरक्षकमा सत्तारुढा नेकपाका नेता, अख्तियारका पूर्व प्रमुख आयुक्त तथा पूर्व सचिवहरूको संलग्नता देखिएको छ।

 

 

सोम, बैशाख २, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस