जब भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हेलिकप्टरमा रहस्यमयी बाकस ल्याए

एजेन्सी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हेलिकप्टरमा रहस्यमयी बाकस ल्याएपछि विपक्षी दल काँग्रेसले छानविनको माग गरेको छ।हाल भारतमा लोकसभा निर्वाचन भइरकेको छ। ७ चरणमा सम्पन्न हुने निर्वाचनको पहिलो चरणको निर्वाचन गत ११ तारिखमा समाप्त भइसकेको छ। अब यही १८ तारिखमा दोस्रो चरणमा निर्वाचन हुँदैछ।

गत ९ अप्रिलमा भारतीय जनता पार्टीको चुनावी सभामा प्रधानमन्त्री नरेन्द्र मोदी उपस्थित भएका थिए।उनी त्यहाँ आउने क्रममा हेलिकप्टरमा रहस्यमयी काठको कालो बाकस समेत ल्याएका थिए।काँग्रेसले मोदीको यस कार्यलाई चुनाव प्रभावित गर्ने कार्य भनेको छ। काँग्रेसका प्रवक्ता आनन्द शर्माले मोदीले यस विषयमा प्रतिक्रिया दिनुपर्ने माग गरेका छन्।निर्वाचन आयोगले त्यस रहस्यमयी बाकसको अनुसन्धान गर्नुपर्ने उनले बताएका छन्।

समाचार संस्था पिटिआइसँग कुरा गर्दै शर्माले भने,‘हामीले देख्यो कि प्रधानमन्त्रीको हेलिकप्टरसहित तीन हेलिकप्टर आएको थियो।त्यहाँबाट ओर्लिने क्रममा कालो रहस्यमयी बाकस ल्याइएको थियो। त्यसको छानविन हुनुपर्छ।’

 

 

 

सोम, बैशाख २, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस