खुल्यो लुक्लामा बिमान दुर्घटनाको कारण

बैशाख २, २०७६ सोलुखुम्बु : नयाँ वर्ष २०७६ को पहिलो दिन वैशाख १ गते समिट एयरको बिमान दुर्घटना भयो । प्रत्यक्षदर्शी प्रहरी निरीक्षक देउप्रसाद लिम्बुका अनुसार रनवेको दायाँ भागमा रहेको हेलिकोप्टर पार्किङस्थलमा मनाङको हेलिकप्टर ल्यान्ड भएको केही समयमा नै एउटा विमान टेक अफ गरेको थियो।

त्यतिबेलासम्म समिट एयर रनवेको बायाँ पट्टी रहेको पार्किङस्थलमा नै टेक अफका लागि तयार भएको थियो। लुक्लाबाट पर्यटक लिन रामेछापको मन्थली विमानस्थल उडेको विमान धावन मार्गको दुई सय मिटर पर पुगी एक्कासि दायाँतिर मोडियो र पार्किङ गरिराखिएको मनाङ र श्रीएयरको हेलिकोप्टरमा ठोक्किन पुग्दा दुर्घटना भएको प्रहरी निरीक्षक लिम्बू बताउँछन्।

विश्वकै जोखिमपूर्ण विमानस्थलहरुमध्ये एक मानिने लुक्ला विमानस्थलको रनवेको लम्बाई सामान्य विमानस्थलको भन्दा निकै कम (५२७ मिटर) मात्र छ।

 

 

 

सोम, बैशाख २, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस