दिनेश थपलिया बिरुद्धको उजुरी नेकपा निकटलाई कसरी प्रमुख निर्बाचन आयुक्त मान्ने !

प्रमुख निर्वाचन आयुक्तमा सिफारिस दिनेश थपलियाविरुद्ध संसदीय सुनुवाइ समितिमा ६ वटा उजुरी परेका छन्। तीमध्ये चारवटा उजुरीमा थपलियाले कर्मचारी समायोजनमा मनपरी गरेको आरोप छ।

थपलियालाई प्रमुख निर्वाचन आयुक्त बनाउन नहुने भन्दै नेपाली कांग्रेस काठमाडौं-४ का प्रदेश सभासद नरोत्तम वैद्यले सार्वजनिक रूपमै उजुरी हालेका छन्। उनले थपलिया नेकपानिकट रहेको र संवैधानिक परिषदबाट सिफारिस हुँदा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेता अनुपस्थित भएको अवस्था उल्लेख गरेका छन्।

 

 

 

 

 

 

बुध, बैशाख ४, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस