सचेत बन्नुहोस्: राजस्थानमा आँधीबेहरीको बबण्डर, १/२ बजे सम्म काठमाडौंमै आइपुग्न सक्ने !

काठमाडौं । भारतको राजस्थानमा आँधी र तुफानका कारण ९ जनाको मृत्यु भएको छ । मंगलबार साँझ आएको सो आँधीबाट ३० जना घाइते भएका छन् । मंगलबार साँझ राजस्थानमा ६० किमी प्रतिघण्टाको रफतारमा आँधी आएको न्यूज १८ इण्डिया अनलाइनले मौसमविद्हरुलाई उद्धृत गर्दै जनाएको छ ।

राजस्थानको सो हुरी अरेबियन समुन्द्र र बंगालको खाडीबाट विकास भएको बताइएको छ । भारतको नयाँ दिल्ली र गुरगाउँ, नोइडा लगायतका क्षेत्रमा हुरीको असर देखिएको बताइएको छ । यस्तै बिहार, झारखण्ड, उत्तर प्रदेश लगायतका क्षेत्रमा समेत त्यसको असर देखिएको थियो ।मौसमविद् गंगा नगरकोटीले राजस्थानको असर नेपालमा पनि पर्न सक्ने बताइन् ।

उनले पश्चिमी वायुको प्रभावले नै राजस्थानमा त्यस्तो घटना भएको जनाउँदै पश्चिमी वायु नेपालको दक्षिण पश्चिम भागमा प्रवेश गरेको जनाइन् । उनले संघीय राजधानी काठमाडौंमा पनि दिउँसो १–२ बजे सम्ममा हुरी बतास आउन सक्ने उनको भनाइ थियो ।

 

 

बुध, बैशाख ४, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस