विप्लप समूहसंग बार्ता हुँदै !

हेटौँडा । गृहमन्त्री रामबहादुर थापाले संविधान र राज्य विरोधी तथा विखण्डनकारी तत्वलाई नियन्त्रण गर्दै शान्ति सुरक्षाको कार्यलाई व्यवस्थित एवं प्रभावकारी बनाएको बताउनुभएको छ ।

गृहमन्त्रायद्वारा प्रदेश ३ प्रदेशस्तरीय शान्ति सुरक्षा गोष्ठीको बुधबार उदघाटन कार्यक्रममा उहाँले विकास एवं समृृद्धिका लागि शान्ति सुरक्षा अत्यन्त आवश्यक रहेको र त्यसतर्फ सरकार प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो ।

देशमा चोरी तस्करी, गुण्डागर्दी, हिंसा र अपराध, भ्रष्टचार, अनियमितता लगायतका गैरकानूनी काम नियन्त्रण गर्न सरकारले विशेष अभियान शुरु गरेको बताउँदै गृहमन्त्री थापाले त्यस कार्यमा सरकार सफल पनि हुँदै गएको र शान्ति सुरक्षामा सुधार आएको बताउनुभयो ।

हिंसाको बाटो अपनाएको नेत्रविक्रम चन्द नेतृत्वको समुहसँग वार्ता प्रक्रिया भइरहेको बताउँदै हिंसाको बाटो हिँड्ने कसैलाई नछोड्ने उल्लेख गर्नुभयो । नयाँ प्रहरी ऐन नआएको अवस्थामा पुरानो ऐनको आधारमा सङ्घ, प्रदेश र स्थानीय तहले शान्ति सुरक्षाको कार्य गरिरहेको उहाँको भनाइ छ ।

 

बुध, बैशाख ४, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस