एकदिवसीय क्रिकेट युएईलाई उछिन्दै माथि उक्लियो नेपाल !

अन्तर्राष्ट्रिय क्रिकेट परिषद – आईसीसीको एकदिवसीय अन्तर्राष्ट्रिय वरियतामा नेपाल माथि उक्लेको छ।जनवरीमा युएईसंग खेलिएको एकदिवसीय सिरिज २-१ ले जितेपछि नेपाली क्रिकेट टिम आईसीसी वरियतामा १५ औं स्थानमा रहेको थियो। आईसीसीले जारि गरेको ताजा वरियतामा नेपाली क्रिकेट टिम एकदिवसीयतर्फ १४ औं स्थानमा रहेको छ।

जसमा नेपालको पछाडी युएई, हंगकंग, आयरल्याण्ड र ओमान रहेका छन्। वरियतामा पाकिस्तान पहिलो र भारत दोश्रो स्थानमा रहेको छ। इंग्ल्याण्ड, अस्ट्रेलिया, दक्षिण अफ्रीका, न्युजिल्याण्ड, वेस्ट इन्डिज, अफगानिस्तान, श्रीलंका, बंगलादेश, स्कटल्याण्ड, जिम्बाबे र नेदरल्याण्ड क्रमश तेश्रो देखि १३ औं स्थानमा रहेका छन्।

 

बुध, बैशाख ४, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस