बालुवाटारमा राष्ट्रिय झन्डा गाड्न पुगेकाहरु माथि प्रहरीको धरपकड !

काठमाडौं: बालुवाटारको सार्वजनिक जग्गामा राष्ट्रिय झण्डा गाड्न गएका विवेकशील नेपालीका अध्यक्ष उज्ज्वल थापसहित १७ जना नेताहरु पक्राउ परेका छन्।

बालुवाटारको सार्वजनिक जग्गामा राष्ट्रिय झण्डा गाड्न गएका विवेकशील नेपालीका संयोजक उज्वल थापासहित १७ जनालाई प्रहरीले पक्राउ गरेको हो।निषेधित क्षेत्र तोड्न खोजेपछि उनीहरूलाई पक्राउ गरिएको महानगरीय प्रहरी वृत कमलपोखरीले जनाएको छ।

पक्राउ परेकालाई महानगरीय प्रहरी वृत कमलपोखरीमा राखिएको प्रहरीले जनाएको छ।सार्वजनिक जग्गा व्यक्तिको नाममा रहेको सार्वजनिक भएपछि सत्तारूढ दल नेकपाका महासचिव विष्णु पौडेलसमेत मुछिएका छन्।

 

 

बुध, बैशाख ४, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस