बालुवाटार जग्गा प्रकरण:नेकपाले बिष्णु पौडेललाई कारबाहीको आँट गर्न सक्छ ?

काठमाडौं नेपाल सरकारको स्वामित्वमा रहेको बहुमुल्य जग्गा राजनीतिक नेतृत्व, कर्मचारी, व्यवसायी र ‘भूमाफिया’को मिलेमतोमा अपचलन गर्ने क्रम बढिरहेको छ । त्यसैक्रममा प्रधानमन्त्री निवास समेत रहेको बालुवाटार क्षेत्रको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी हुनुले सरकारी जग्गा अपचलन गर्ने गिरोहको शक्ति र पहुँचको डरलाग्दो संकेत देखापरेको छ ।

त्यस्तैमा बालुवाटारको जग्गा अपचलन सम्बन्धमा सत्तारुढदलका महासचिव बिष्णु पौडेलको नाम मुछिएपछि सरकारका प्रबक्ता एबम संचारमन्त्रीले सो सम्बन्धमा स्पष्टीकरणनै दिनु परेको छ भने स्वयं बिष्णु पौडेलले बिज्ञप्तिनै सार्बजानिक गर्दै आफ्नो कुनै संलग्ता नरेको भन्दै खण्डन गरेका छन ।

बालुवाटारको सरकारी जग्गा हडप्ने काममा पार्टी महासचिव विष्णु पौडेलसमेतको नाम जोडिएपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्यहरूले पदबाट बर्खास्त गर्नुपर्ने माग गरेका छन् ।

तत्कालिन  एमालले पार्टी र  जनताको हितबिपरित कार्य गर्ने नेताहरुलाई कारबाही गर्नको लागि अनुसासन आयोगको गठन गरेर बिगतमा कैयौ नेताकार्यकर्तालाई कारबाही गरेको ईतिहाँस ताजै छ । यसरी कारबाही भोग्नेहरुमा पार्टी सचिब भिम आचार्य देखि हरि परजुली हुँदै पार्टी नेतृत्वविरुद्ध सार्वजनिक आलोचना र आत्मकथाका नाममा नेतृत्वप्रति तुष पोख्ने र अतिरञ्जित लाञ्छना लगाइएको भन्दै एकीकरणका बेला अर्का केन्द्रीय सदस्य राधाकृष्ण मैनालीलाई पनि कारबाही गरिएको थियो ।

निजी सम्पत्तिको मालिक बन्ने ब्यबस्था उन्मुलनको सिद्धान्त बोक्ने कम्युनिस्ट पार्टीका महासचिव नै सरकारी जग्गा आफ्नो नाउँमा दर्ता गरेको आरोपहरु छरपस्ट भईरहंदा पार्टी भित्रैबाट कारबाहीकामागहरु मन्द गतिमा उठ्न थालेका छन् ।बिगतमा पार्टी अनुसासनलाई कडाईका साथ् पालना गर्दै आएको पार्टीले यो प्रकरणमा के गर्छ त्यो भने हेर्ने बाँकिनै छ ।

 

 

 

 

 

 

 

बुध, बैशाख ४, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस