logo

२०८० चैत्र १५ बिहिबार

logo
  • बिहिबार, १५ चैत्र २०८०
  • Advertisment

    Sunaulo Nepal

    योगको महत्वका बारेमा जनचेतना अभिबृद्धि गर्नुपर्दछ : प्रधानमन्त्री ओली

    योगको महत्वका बारेमा जनचेतना अभिबृद्धि गर्नुपर्दछ : प्रधानमन्त्री ओली

    4.6K
    Shares

    काठमाडौं, ७ असार–प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस रोग (कोभिड–१९) महामारीविरुद्धको सङ्घर्षमा औषधीय गुणयुक्त आहार, व्यायाम र उच्च मनोस्वास्थ्य अत्यन्तै महत्त्वपूर्ण हुने बताउनुभएको छ ।

    सरकारले अगाडि बढाएको ‘समृद्ध नेपाल, सुखी नेपाली’ राष्ट्रिय आकाङ्क्षाका मुख्य आधारसमेत शारीरिक एवं मानसिक रूपले स्वस्थ र निरोगी नागरिक भएकोमा उहाँले जोड दिनुभयो ।

    छैटौंँ अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा शुभकामना व्यक्त गर्नुहुँदै उहाँले योग साधना र अभ्यासलाई आफ्नो जीवनशैली बनाएर आरोग्य प्राप्त गर्न सबैमा आह्वान गर्नुभयो ।

    उहाँले योग साधना हाम्रो प्राचीन ज्ञानशास्त्रको महत्वपूर्ण विधा हो र यसले मानिसको शरीर, मन र कर्मलाई एकै स्थानमा अवस्थित गर्ने बताउनुभयो । मन, शरीर र कर्मको दूरी हटाई एकरसता प्रदान गर्नु योग हो । योग साधनाले तनाव ब्यवस्थापनमा सघाउँछ र मानव जीवनलाई स्वस्थ्य र नैतिकवान बनाउन मद्दत पु¥याउँछ । हाम्रो प्राचीन शास्त्रमा अष्टाङ्ग योगबारे उल्लेख गरिएको छ । जसमा योगका आठवटा चरण यम, नियम, आसन, प्राणायाम, प्रत्याहार, धारणा, ध्यान र समाधीको साधनाबारे ब्याख्या छ । भगवत गीतामा श्रीकृष्णले बुद्धियुक्तो जहातीह उभे सुकृतदुष्कृते, तस्माद्योगाय युज्यस्व योगः कर्मसु कौशलम् भनी योगलाई मोहको त्याग र कर्मको कुशलताका रुपमा ब्याख्या गरेको उहाँले बताउनुभयो ।

    योग महत्वका बारेमा जनचेतना अभिवृद्धिका लागि यसका सरल विधि जनसाधारणमा पु¥याउन आवश्यक रहेको उहाँले बताउनुभयो । प्रधानमन्त्री ओलीले आधारभूत स्वास्थ्य सेवाभित्र योग र वानस्पतिक औषधीय वस्तुको प्रयोगमा जोड दिनुहुँदै निरोगी नेपालको उद्देश्य प्राप्ति गरिने बताउनुभयो । सन् २०१५ बाट संयुक्त राष्ट्रसङ्घले अन्तर्राष्ट्रिय योग दिवस मनाउन सुरु गरेको हो । संसारभर जुन २१ लाई योग दिवसका रूपमा मनाइँदै आएको छ । नेपालमा पनि माघ १ गतेलाई राष्ट्रिय योग दिवसका रूपमा मनाउने परम्परासमेत थालनी भएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend