logo

२०८० चैत्र १६ शुक्रबार

logo
  • शुक्रबार, १६ चैत्र २०८०
  • व्यवस्थित तरकारी र पशु बजार

    व्यवस्थित तरकारी र पशु बजार

    5.4K
    Shares

    पशुपतिनगर।  इलामको प्रशसानिक केन्द्र रहेको इलाम बजारमा व्यवस्थित तरकारी र पुशु बजार स्थापना भएको छ । बजार क्षेत्रको खोल्सीमा पूर्वाधार निर्माण गरी तरकारी र पशु बजार बनाएपछि उपभोक्ता, किसान र व्यवसायीलाई किनबेचका लागि सहज भएको हो ।

    गनाउने खोल्सीलाई व्यवस्थित गरी तरकारी बजार बनाएपछि अहिले किसान, व्यापारी र उपभोक्तालाई पनि राम्रो भएको तारिबारीका किसान सुप्रिम घिमिरेले बताए  ।

    इलाम नगरपालिकाले नयाँ बजार बनाउन इलाम अस्पताल छेउको खोल्सीमा बाँध बाँधेर तरकारी र पशु बजार निर्माण गरेको हो । निर्माण भएको ठाउँमा पशु र तरकारी बजार सञ्चालनसँगै मासु बजार र सवारी पार्किङ गर्ने स्थान रहेको नगरपालिकाका प्रमुख महेश बस्नेतले बताए  । 

    नगरपालिकाले पटक–पटक गरेर एक करोड ९० लाख २६ हजार ८५३ रुपैयाँ अस्पताल खोल्सी व्यवस्थित गर्न खर्च गरेको छ । एक हजार ९७३ घन मिटर ग्याबिन पर्खाल, १७४ मिटर नाली निर्माण, चार वटा टहरा, ढुङ्गाको सिँढी, रेलिङलगायतका संरचना निर्माण भएका छन् । तरकारी र पशु बजारको संरचना निर्माणपछि इलाम नगरपालिकाले सो क्षेत्रमा साइन्स पार्कसमेत निर्माण गर्दै छ । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend