logo

२०८१ बैशाख ४ मंगलबार

logo
  • मंगलबार, ४ बैशाख २०८१
  • मलेसियाको लोकप्रिय सेडान गाडी ‘प्रोटन सागा’ नेपाली बजारमा सार्वजनिक, यस्तो छ फिचर मूल्य

    मलेसियाको लोकप्रिय सेडान गाडी ‘प्रोटन सागा’ नेपाली बजारमा सार्वजनिक, यस्तो छ फिचर मूल्य

    4.6K
    Shares

    काठमाडौं । आजदेखि नेपाली बजारमा बहुप्रतिष्ठित सेडान गाडी ‘प्रोटन सागा’  सार्वजनिक भएको छ ।

    प्रोटोनका लागि नेपालको आधिकारिक विक्रेता जगदम्बा मोटर्सले बुधबार भर्चुअल माध्यममार्फत साँगा सार्वजनिक गरेको हो । भर्चुअल माध्यमका साथसाथै कम्पनीले आफ्नो आधिकारीक फेसबुक पेज, युट्यूव, भाइबरलगायतका सामाजिक सञ्जालहरुमार्फत समेत एकैसाथ साँगा सार्वजनिक गरेको हो ।

    हालैमात्र सार्वजनिक सागा चर्चित मलेशियन ब्राण्ड ‘प्रोटोन’को नवीन उत्पादन हो । जुुन उत्कृष्ट फिचर्स तथा डिजाइनले भरिपूर्ण र संसारभर एकदमै ज्यादा मात्रामा रुचाइएको सेडान कार हो । १.३ लिटरको भीभीटी इन्जिन १२९९ सीसीमा उपलब्ध कारमा उत्कृष्ट पावर, पिकअप र युटिलिटी फिचर्स रहेका छन् । जुन सोही मोडमा अन्य ब्राण्डहरुमा अतुलनिय रहेको कम्पनीको दाबी छ ।

    आकर्षक लुक्स, पावर पर्फमेन्ससहित उपलब्ध प्रोटन सागामा अतिरिक्त मनोरञ्जनका सेवा सुविधमा स्मार्टफोन कनेक्टिभिटी सहित ४२० लिटर क्षमताको ट्रंक रिलिज, लग्जरियस् सिट लगायत उत्कृष्ट सेफ्टि फिचर्ससहित एसआरएस एयर ब्याग्सको समेत उपलब्धता रहेका छन् । 

    जगदम्बा मोटर्सले म्यानुअल ट्रान्समिसन भएको सागाको मूल्य ३५ लाख ५० हजार तथा अटोमेटिकको ३९ लाख ५० हजार रुपैयाँ कायम गरेको छ ।

    हेर्नुहोस भिडियो सहित 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend