logo

२०८१ बैशाख ११ मंगलबार

logo
  • मंगलबार, ११ बैशाख २०८१
  • विश्वका प्रमुख सञ्चारमाध्यमका वेबसाइटमा समस्या

    विश्वका प्रमुख सञ्चारमाध्यमका वेबसाइटमा समस्या

    3K
    Shares

    काठमाडौं । विश्वका प्रमुख सञ्चारमाध्यमका वेबसाइटमा मंगलबार समस्या उत्पन्न भएकाे छ । केही सञ्चारमाध्यमकाे सेवासमेत अवरुद्ध बन्न पुगेको छ ।

    फाइनान्सियल टाइम्स, न्युयोर्क टाइम्स र ब्लूमवर्ग न्युजको वेबसाइटकाे सेवा अवरुद्ध बन्न पुगेको हो । सीएनएन बीबीसीलगायतका केही सञ्चारमाध्यमकाे सेवामा भने केही समस्या देखिएकाे छ । 

    बेलायतको गार्डिजन पत्रिकाले आफ्नो वेबसाइट र एप प्रभावित बनेको उल्लेख गरेकाे छ । सञ्चारमाध्यमकाे सेवा अवरुद्धबारे केही मानिसहरुले ट्वीटरमा जिज्ञासा पनि राखेका छन् । अन्य केही बेलायती मिडिया वेबसाइटमा पनि समस्या देखिएको बताइएकाे छ ।

    सञ्चारमाध्यमका वेबसाइटहरुको सेवा अवरुद्ध किन भयाे भन्ने बारेमा अहिलेसम्म केही जानकारी बाहिरिएकाे भने छैन । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend