logo

२०८० चैत्र १६ शुक्रबार

logo
  • शुक्रबार, १६ चैत्र २०८०
  • नेपालको उच्च शिक्षा गुणस्तर सुधारका लागि विश्व बैंकले दियाे ६० मिलियन अमेरिकी डलर

    नेपालको उच्च शिक्षा गुणस्तर सुधारका लागि विश्व बैंकले दियाे ६० मिलियन अमेरिकी डलर

    5.9K
    Shares

    काठमाडाैं । विश्व बैंकले नेपालको उच्च शिक्षाको गुणस्तर सुधारका लागि ६० मिलियन अमेरिकी डलर (७ अर्ब २ करोड रुपैयाँ) सहायताको घोषणा गरेको छ । बैंकको बोर्ड अफ डाइरेक्टरले शुक्रवार उक्त सहायताको अनुमोदन गरेको विश्व बैंकद्वारा जारी वक्तव्यमा उल्लेख  गरिएकाे छ ।

    विपन्न र सीमान्तकृत वर्गका बालबालिकालाई शिक्षामा पहुँच तुल्याउन र अनलाइन सिकाइमा जोड दिन उक्त रकम विनियोजन गरिएको विश्व बैंकले जनाएको छ । उक्त सहयोगले श्रमशक्ति निर्माण गर्न नेपाललाई उच्च शिक्षामा जोड दिन सघाउन पुर्‍याउने आशा पनि विश्व बैंकले व्यक्त गरेको छ । 

    यो कार्यक्रमको मुख्य उद्देश्य कोभिड–१९ महामारीको कारण आर्थिक संकट झेलिरहेका गरिबहरुलाई उच्च शिक्षामा आकर्षित गर्नु रहेको पनि बक्तब्यमा उल्लेख गरिएकाे छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend