logo

२०८१ बैशाख १२ बुधबार

logo
  • बुधबार, १२ बैशाख २०८१
  • माओवादी केन्द्रका केन्द्रीय सदस्य यादवको निधन 

    माओवादी केन्द्रका केन्द्रीय सदस्य यादवको निधन 

    2.5K
    Shares

    जनकपुर । नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य महादेव यादवको मृत्यु भएको छ । तीनवर्षदेखि क्यान्सर रोगबाट पीडित यादवको ५७ वर्षको उमेरमा गएराति आफ्नै निवास जनकपुरधाम उपमहानगरपालिका १४ मुजेलियामा मृत्यु भएको हो । 

    नेपाल तथा भारतका विभिन्न अस्पतालमा उपचार गराउँदा पनि निको नभएपछि चिकित्सकको सल्लाहमा नेता यादव आफ्नै निवासमा बस्दै आएका थिए । उनको मंगलबार नै पार्टीको झण्डा ओढाएर स्वर्गद्वारीमा अन्त्येष्टि गर्ने तयारी छ ।

    उनलाई श्रद्धाञ्जली दिन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), मातृका  यादवसहितका शीर्ष नेताहरु जनकपुर जाने भएका छन् । 

    साविक धनुषाको सहिद नगरनगरपालिका १ बालाबाखका नेता यादवले तत्कालिन माओवादीको जनयुद्धमा सुरुदेखि नै सहभागी भएर महोत्तरी, धनुषा र सिरहाको कमाण्ड सम्हालेका थिए । 

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend