logo

२०८१ बैशाख ७ शुक्रबार

logo
  • शुक्रबार, ७ बैशाख २०८१
  • परीक्षा सेन्टरमा स्वास्थ्यकर्मी राख्‍न निर्देशन 

    परीक्षा सेन्टरमा स्वास्थ्यकर्मी राख्‍न निर्देशन 

    6.1K
    Shares

    काठमाडौं। संसदको शिक्षा तथा स्वास्थ्य समितिले कोभिड–१९ को जोखिमबीच सञ्चालन गर्नुपर्ने बाध्यता रहेको परीक्षा केन्द्रमा स्वास्थ्य र सुरक्षामापदण्ड अपनाउन निर्देशन दिएको छ। 

    समितिको बुधबार बसेको बैठकले विद्यार्थीको भीडभाड रोक्न परीक्षा केन्द्र धेरै बनाउन, संक्रमितको लागि छुट्टै कोठामा बसेर परीक्षा दिने व्यवस्था गर्न, केन्द्रमा स्वास्थ्यकर्मी र स्वास्थ्य सामग्रीको व्यवस्था गर्न, पोखरा विश्वविद्यालययका स्नातक तहलाई सिनेटबाट मान्यता दिन चार वर्षदेखि ढिलाई भएकोले छिटो यसको समाधान गर्न निर्देशन दिएको छ। 

    समितिको बैठकमा कक्षा १२ को परीक्षा होम सेन्टरबाटै लिने तय भएको जानकारी राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव दुर्गा अर्यालले जानकारी गराएका थिए। 

    बोर्डले कोरोनाको संक्रमणलाई मध्यनजर गर्दै होम सेन्टरमै परीक्षा सञ्चालन गर्न लागेको हो। अर्यालका अनुसार विद्यार्थीलाई अर्को ठाउँमा जानु पर्दा यातायातको समस्या हुने, कोठा खोजेर बस्नुपर्ने बाध्यता जस्ता कारणले कोरोना होमसेन्टरलाई प्राथमिकता दिइएको छ। 
      


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend