logo

२०८१ बैशाख ८ शनिबार

logo
  • शनिबार, ८ बैशाख २०८१
  • कक्षा १२ को परीक्षा स्थगन गर्ने वा नगर्ने निर्णय गर्न बोर्डको बैठक बस्दै

    कक्षा १२ को परीक्षा स्थगन गर्ने वा नगर्ने निर्णय गर्न बोर्डको बैठक बस्दै

    6.5K
    Shares

    काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२  को परीक्षा गर्ने वा नगर्ने भन्ने विषयमा निर्णय गर्न बैठक बोलाएको छ ।

    बोर्डले साउन ३१ देखि भदौ ९ गतेसम्म परीक्षा गर्ने मिति तय गरेको छ तर, स्वास्थ्य मन्त्रालयले कक्षा १२ सहित सबै परीक्षा स्थगन गर्न सिफारिस गरेपछि यसबारे निर्णय गर्न बोर्डको बैठक बस्न लागेको हो ।

    कोरोना संक्रमण बढ्दै गएको भन्दै मन्त्रालयले कक्षा १२ सहितका सबै परीक्षा स्थगित गर्न सरकारलाई सिफारिस गरेको छ । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले कोरोनाको जोखिम फेरि उच्च हुँदै गएकाले सबै किसिमका परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालय र कोभिड १९ संकट व्यवस्थापन केन्द्रलाई सिफारिस गरिएको जानकारी दिएका छन् । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend