logo

२०८१ बैशाख ७ शुक्रबार

logo
  • शुक्रबार, ७ बैशाख २०८१
  • गगन थापाकाे प्रश्न : कक्षा १२ काे परीक्षामात्र स्थगित किन ? 

    गगन थापाकाे प्रश्न : कक्षा १२ काे परीक्षामात्र स्थगित किन ? 

    2.6K
    Shares

    काठमाडाैं । नेपाली कांग्रेसका नेता गगन कुमार थापाले कक्षा १२ को परीक्षा मात्र स्थगित गरेर अन्य परीक्षा भने कायम राखिएको प्रति असन्तुष्टि जनाएका छन् । उनले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष यसकाे आधार र तर्क के हाे ? भनी प्रश्नसमेत गरेका छन् । 

    उनले सामाजिक सञ्जालमा लेखेका छन् ‘कोरोना महामारीको कारणले  कक्षा १२ को परीक्षा स्थगित तर अन्य परीक्षा सञ्चालन ! यसको आधार र तर्क के हो ?’ 

    थापाले यस विषयमा स्वास्थ्य मन्त्रालयको धारणा पनि साेधेका छन् । अगाडि उनले भनेका छन् ‘प्रधानमन्त्रीज्यू कि स्वास्थ्यका सम्पूर्ण मापदण्ड पूरा गरेर परीक्षा सञ्चालन गर्ने विश्वास सरकारले दिलाउनु पर्‍याे कि वैकल्पिक माध्यामबाट परीक्षा सञ्चालन गर्नुपर्‍याे ।’

    सरकारले कक्षा १२ को परीक्षा स्थगित गरे पनि त्रिभुवन विश्वविद्यालयलगायतका परीक्षा जारी रहेको छ । त्रिवि परीक्षा सुधार तथा समन्वय समिति र प्राविधिक परिषदको बैठकले अहिले भइरहेकाे परीक्षा नराेक्ने निर्णय असअघि नै गरिसकेकाे छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend