logo

२०८१ बैशाख १३ बिहिबार

logo
  • बिहिबार, १३ बैशाख २०८१
  • लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा कुलप्रसाद केसी नियुक्त

    लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा कुलप्रसाद केसी नियुक्त

    4K
    Shares

    रुपन्देही । लुम्बिनी प्रदेशका माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसी मुख्यमन्त्री नियुक्त भएका छन् ।

    प्रदेश प्रमुख अमिक शेरचनले बिहीबार केसीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

    एमाले नेता शंकर पोखरेलले बुधबार पदबाट राजीनामा दिएपछि बिहीबार बहुमत प्रदेशसभा सदस्यहरुको हस्ताक्षरसहित मुख्यमन्त्रीमा केसीले दाबी प्रस्तुत गरेका थिए । लुम्बीनी प्रदेशमा कांग्रेस र माओवादीबीच आठ–आठ महिना सरकारको नेतृत्व गर्ने सहमति भएको छ ।

    नवनियुक्त मुख्यमन्त्री केसीलाई ४ बजे प्रदेश प्रमुखकाे कार्यालयमा सपथ ग्रहण गराउने कार्यक्रम रहेकाे प्रदेश प्रमुखकाे कार्यालयले जानकारी दिएकाे छ ।

    बिहीबार नै ५ सदस्यीय मन्त्रीमण्डल विस्तार गर्ने तयारीमा गठबन्धन रहेकाे छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend