Logo शनिवार, आश्विन ९ गते २०७८
images
शनिवार, आश्विन ९ गते २०७८
images
  • भिडियो
  • अझै पनि एमाले मिलाउने प्रयासमा तेस्रो...
images

अझै पनि एमाले मिलाउने प्रयासमा तेस्रो धारका नेता, कसले के भने ? (भिडियोसहित)

अझै पनि एमाले मिलाउने प्रयासमा तेस्रो धारका नेता, कसले के भने ? (भिडियोसहित)

images
images
  • 1.4K
    SHARES
  • अझै पनि एमाले मिलाउने प्रयासमा तेस्रो धारका नेता, कसले के भने ? (भिडियोसहित)

    काठमाडौं । नेकपा एमालेबाट विभाजित भएको माधवकुमार नेपाललाई साथ नदिएका नेताहरुले पार्टी एकताका लागि जोड दिने निस्कर्ष निकालेका छन् । 

    images
    images
    images

    शुक्रबार महाराजगञ्जस्थित एरिकल इभेण्ट्स होटलमा भेला भएका उनीहरुले अहिलेको अवस्थामा देखा परेका पार्टीका समस्याहरुलाई हल गर्दै पार्टी एकतामा जोड दिने निस्कर्ष निकालेका हुन् ।

    छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेकपा एमालेका नेता गोकर्ण बिष्टले कार्यदलले बनाएको १० बुँदे सहमति अक्षरशः कार्यान्वयन गर्न लगाउने र नेकपा एमालेलाई एकजुट गर्न आफूहरु लागि पर्ने बताए । उनले सरकारले ल्याएको पार्टी विभाजन सम्बन्धी विधेयकको बिरोध गर्ने आफूहरुको एजेण्डा रहेको जानकारी दिए । नेता बिष्टले पार्टी एकताका लागि माधव नेपाललाई दल दर्ता गर्ने कुरा फिर्ता लिन लगाउने र पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पनि लचकता अपनाउन आग्रह गर्ने विषयमा छलफल गरेको बताए । 

    नेकपा एमालेका नेता भीम रावलले आजको छलफलले तत्काल १० बुँदे सहमति व्यवहारमा कार्यान्वन गर्न माग अघि सारेको बताए । उनले सरकारले ल्याएको राजनीतिक दल सम्बन्धी विधेयक कुनै हालतमा स्वीकार्य नहुन बताए । 

    उनले भने, 'हामीले केन्द्रीय कमिटी र सांसदहरु गरी ५७ जनाको सहमतिबाट पार्टीमा उत्पन्न समस्या, त्यसको समाधान, १० बुँदे सहमतिको कार्यान्वयन, यसबीचमा भएका विभिन्न कारबाहीहरु र अगाडिको बाटोको सम्बन्धमा गहन छलफल गर्यौं, पार्टीमा विभाजनको जुन स्थिती सिर्जना भएको छ, त्यसको बारेमा हामीले छलफल गर्यौं, नेपालको कम्युनिष्ट पार्टी र कम्युनिष्ट आन्दोलन विगतमा भएका दुष्परिणामहरुको बारेमा छलफल गर्यौं, अन्तिममा हामीले के निस्कर्ष निकालेका छौँ भने १० बुँदे सहमति तत्काल व्यवहारमा लागू गर्नुपर्छ, कारबाही रोक्नुपर्छ भन्ने माग अघि सारेका छौँ, साथै सरकारले ल्याएको राजनीतिक दल विभजन सम्बन्धी विधेयक कुनै हालतमा स्वीकार्य हुँदैन, यो खारेज गर्नुपर्छ ।'

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    सम्बन्धित समाचार