logo

२०८० चैत्र १५ बिहिबार

logo
  • बिहिबार, १५ चैत्र २०८०
  • Advertisment

    Sunaulo Nepal

    लुम्बिनी प्रदेशसभामा दुई सांसदमाथि एमालेले गरेको कारवाही ‘अमान्य’

    लुम्बिनी प्रदेशसभामा दुई सांसदमाथि एमालेले गरेको कारवाही ‘अमान्य’

    2.5K
    Shares

    काठमाडाैं । लुम्बिनी प्रदेशसभामा दुई सांसदमाथि एमालेले गरेको कारवाही कार्यान्वयन नहुने भएकाे छ । 

    प्रदेशसभा सचिवालयका तर्फबाट नेकपा एमालेलाई पत्र पठाउँदै सांसदद्वय अजय शाही र विमला खत्री वलीमाथि एमालेले गरेको कारवाही प्रक्रिया कार्यान्वयन नहुने बताइएकाे हाे । सचिवालयले दुवै सांसदलाई पदमुक्त गर्ने आधार नभएको स्पष्ट पारेकाे छ ।

    एमालेले प्रदेश सरकारमा सहभागी अजय शाही र उप–निर्वाचनबाट प्रदेशसभा सदस्यमा विजयी विमला खत्री वलीलाई पार्टीले कारवाही गरेको विवरणसहित सो बमोजिम उनीहरुलाई प्रदेशसभा सदस्य पदबाट मुक्त गर्न प्रदेशसभा सचिवालयमा पत्र पठाएको थियो ।

    प्रदेशसभा सचिवालयले एमालेलाई पठाएको पत्रमा प्रदेशसभा नियमावलीको अनुसूची ७ अनुसार दलले भर्ने फारममा सांसद विमला वली र सांसद अजय शाही दुवैको नाम दलका सदस्यका रुपमा समावेश गरेको भए पनि उनीहरुले भर्ने अनुसूची ६ अनुसारको व्यक्तिगत विवरण फारममा आफू एमालेको सदस्य नभएको ब्यहोरा भरेका कारण पदमुक्त गर्न नसकिएको प्रदेशसभा सचिवालयले जनाएकाे छ ।

    lumbini.jpg


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend