logo

२०८१ बैशाख १२ बुधबार

logo
  • बुधबार, १२ बैशाख २०८१
  • कक्षा १२ को परीक्षा भौतिक उपस्थितिमै लिन निर्देशन

    कक्षा १२ को परीक्षा भौतिक उपस्थितिमै लिन निर्देशन

    4.2K
    Shares

    काठमाडौं । संसदको शिक्षा तथा स्वास्थ्य समितिले कक्षा १२ को परीक्षा विद्यार्थीको भौतिक उपस्थितिमै लिन निर्देशन दिएको छ । 

    मंगलबार संसदको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा शिक्षा मन्त्रालयका पदाधिकारीसँगको छलफलपछि समिति सभापति जयपुरी घर्तीले विद्यार्थीलाई कोरोनाविरुद्ध खोप दिएर भौतिक उपस्थितिमा परीक्षा संचालन गर्न निर्देशन दिएकी हुन् । 

    यसअघि तय भएको परिक्षा कोरोना संक्रमणको जोखिमका कारण स्थगित गरिएको थियो । शिक्षा मन्त्रालयले स्वास्थ्य मन्त्रालयसँग छलफल गरेर दशैंअघि भौतिक उपस्थितिमै परीक्षा लिने तयारी गरेको पनि जनाएको छ । शिक्षा मन्त्रालयका अनुसार देशभर १८ बर्षमूनिका नागरिक तीन लाख ९६ हजार रहेका छन् । उनीहरुलाई छिटो खोप दिन स्वास्थ्य मन्त्रालयलाई आग्रह गरिएको छ । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend