logo

२०८१ बैशाख १३ बिहिबार

logo
  • बिहिबार, १३ बैशाख २०८१
  • खुल्याे तेह्रथुम पावर कम्पनीको आइपिओ, कति दिने आवेदन ?

    खुल्याे तेह्रथुम पावर कम्पनीको आइपिओ, कति दिने आवेदन ?

    5.6K
    Shares

    काठमाडाैं । तेह्रथुम पावर कम्पनीको प्राथमिक सेयर (आइपिओ) सर्वसाधारणका लागि बुधबारदेखि खुलेको छ।

    प्रति शेयर अंकित मूल्य १ सयका दरले ८ लाख कित्ता सर्वसाधारण समूहको सेयर निष्काशन भएकाे हाे । यसको ५ प्रतिशत सामुहिक लगानी कोषका लागि र २ प्रतिशत कर्मचारीका लागि छुट्याएपछि बाँकी रहेको ७ लाख ४४ हजार कित्ता सेयर सर्वसाधारणका लागि बाँडफाँड हुनेछ ।

    कम्पनीको आइपिओमा न्यूनतम १० कित्ता र अधिकतम ६० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ । कम्पनीको आइपिओमा भदौ १३ गतेसम्म आवेदन दिन सकिनेछ ।

    कम्पनीको बिक्री प्रबन्धकका रुपमा एनआइबिएल एस क्यापिटल रहेको छ । यसअघि कम्पनीले प्रभावित स्थानीयका लागि आइपिओ बाँडफाँड गरिसकेको छ ।

    यस कम्पनीले तेह्रथुम जिल्लामा माथिल्लो खोरुङ्गा खोलाबाट विद्युत उत्पादन गरिरहेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend