logo

२०८१ बैशाख १४ शुक्रबार

logo
  • शुक्रबार, १४ बैशाख २०८१
  • रहेनन् जनगायक जेबी टुहुरे

    रहेनन् जनगायक जेबी टुहुरे

    3.4K
    Shares

    काठमाडौं । जनगायक जेबी टुहुरे (जुठबहादुर खड्गी )को निधन भएको छ । टुहुरेको ७८ वर्षको उमेरमा बयोधा अस्पतालमा उपचारका क्रममा बिहीबार निधन भएको हो ।

    उनलाई मुटुसम्बन्धी समस्या, फोक्सो, मधुमेह  र उच्च रक्तचापको समस्या थियो ।  गत मंगलबार उनलाई मष्तिष्कघात भएको थियो । मष्तिष्कघात भएपछि उनलाई बयाेधा अस्पताल लगिएकाे थियाे ।

    उनको शव श्रद्धाञ्जलीका लागि बिहीबार दिउँसो १ देखि २ बजेसम्म पेरिसडाँडास्थित माओवादीको पार्टी कार्यालयमा राखिने बताइएकाे छ । त्यसपछि अन्तिम संस्कारको लागि उनको शव पशुपति लगिनेछ । 

    १५० भन्दा बढी जनपक्षीय गीत रेकर्ड गराएका टुहुरेको ‘आमा दिदी बहिनी हो, कति बस्छौ दासी भई’ बोलको गीत चर्चित छन् । जनगायक टुहुरे वि.सं. २००१ कात्तिक १५ गते धरानमा जन्मिएका थिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend