logo

२०८० चैत्र १५ बिहिबार

logo
  • बिहिबार, १५ चैत्र २०८०
  • Advertisment

    Sunaulo Nepal

    बिहीबारदेखि अवरुद्ध बुटवल-नारायणगढ सडक अझै खुल्न सकेन 

    बिहीबारदेखि अवरुद्ध बुटवल-नारायणगढ सडक अझै खुल्न सकेन 

    3.2K
    Shares

    काठमाडौं। अविरल वर्षापछि आएको बाढीले सडकको पुल भत्किँदा अवरुद्ध बुटवल-नारायणगढ सडकखण्ड अझै सञ्चालनमा आउन सकेको छैन। 

    बुटवल-नारायणगढ सडकका ठाउँठाउँमा पुल, कल्भर्ट भत्किएपछि सडक अवरुद्ध भएको हो। तर, भत्किएका, भासिँएका पुलको मर्मत गर्न केही समय लाग्ने भएकाले तत्कालै सडक सुचारु नहुने जनाइएको छ।  

    पूर्व-पश्चिम राजमार्ग अन्तर्गतको बुटवल-सुनवल खण्डमा मात्रै चार स्थानमा पहिरो गएको छ भने पुल भाँसिएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ।

    रुपन्देहीको देवदह नगरपालिका-७ स्थित घोडाहा खोलाको पुल र पश्चिम नवलपरासीको सुनवल नजिकै रहेको तुरियामायी पुल भासिएको लुम्बिनी ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिए। त्यसैगरी, सुनवल नगरपालिकामा पर्ने राजमार्गका तीन स्थानमा पनि सडक अवरुद्ध छ। 

    भूमही भैरहवा सडकखण्ड अन्तर्गत रुपन्देही र नवलपरासी सीमा क्षेत्र मौवाखोला पुल पनि क्षतिग्रस्त भएको छ।

    दैनिक हजारौं गाडी ओहोरदोहोर हुने सडक नै अवरुद्ध भएपछि यात्रु मारमा परेका छन्। ओभरलोडसँगै नदी र खोलामा अनियन्त्रित दोहनले पुल र सडकको दुराअवस्था हुने गरेको नेपाल ट्रक यातायात व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष लोकराज पोखरेलले बताए। 

    नदीजन्य पदार्थको चरम दोहन र मापदण्डभन्दा बाहिर गएर नदीजन्य पदार्थ निकाल्नु पनि अर्को एक प्रमुख कारक बनेको छ। 

    नदी र खोला क्षेत्रको बहाव क्षेत्रलाई अतिक्रमण गर्ने तथा अत्यधिक दोहोनले समस्या सृजना गरेको डिभिजन सडक कार्यालय बुटवलका प्रमुख जयराज मरासिनीको भनाइ छ। तीन दिनदेखि परेको अविरल वर्षाले देशभरको जनजीवन कष्टकर बनेको छ। 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend