logo

२०८१ बैशाख ११ मंगलबार

logo
  • मंगलबार, ११ बैशाख २०८१
  • ‘केपी ओली गाली शिरोमणी !’ (भिडियोसहित)

    ‘केपी ओली गाली शिरोमणी !’ (भिडियोसहित)

    5.9K
    Shares

    काठमाडौं । नेकपा एकीकृत समाजवादीकी नेतृ दिलु पन्तले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई ‘गाली शिरोमणी’ भएको टिप्पणी गरेकी छन् ।

    पार्टी फुटको पीडा ओली पक्षलाई पनि हुनुपर्ने तर बचाउका लागि विभिन्न विम्ब प्रयोग गरेर गाली गर्ने गरेको उनले बताइन् । उनले भनिन्, ‘उहाँहरुलाई पनि पीडा हुनपर्ने हो, तर फेस सेभिङका लागि दुनियाँ कुरा गरेपनि उहाँ त गाली शिरामणी पनि, राम्रै गाली गर्न आउँछ । बिम्बहरु छानिछानी गाली गर्नुहुन्छ । तर, राजनीति गालीबाट मात्रै हुँदैन ।’

    सुनौलो नेपालसँगको कुराकानीका क्रममा नेतृ पन्तले पार्टी फुटको क्षति दुवै पक्षलाई भएको बताउँदै एक व्यक्तिको अहमताले सिँगै पार्टी सक्दा पनि गल्ती महसुश नहुनु पीडादायी भएको बताएकी हुन् ।

    पार्टी विभाजनको मुख्य नायक केपी ओली भएको बताउँदै अन्य सहयोगीले दिएको सल्लाहलाई छनोट गर्न नसकेको पनि उनको आरोप थियो । पछिल्लो समय पौरखमा भन्दा गफमा विश्वास गर्ने युवाको जमात बढी भएकाले राजनीतिक स्थानका लागि संघर्ष कम हुन थालेको पनि उनको गुनासो छ । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend