logo

२०८१ बैशाख ११ मंगलबार

logo
  • मंगलबार, ११ बैशाख २०८१
  • वरिष्ठ प्रगतिवादी साहित्यकार भट्टको निधन 

    वरिष्ठ प्रगतिवादी साहित्यकार भट्टको निधन 

    8.1K
    Shares

    काठमाडौं । वरिष्ठ प्रगतिवादी साहित्यकार आनन्ददेव भट्टको निधन भएको छ । 

    गत महिना अस्तपालमा उपचारपछि निवास कालिकास्थनमा बस्दै आएका भट्टको सोमबार बिहान निधन भएको हो । ८६ वर्षका भट्ट  ‘अल्जाइमर रोग’बाट पीडित थिए ।

    लामो समय नेपाली साहित्य, प्राध्यापन र प्रगतिशील चिन्तनमा सक्रिय उनका काव्य, खण्डकाव्य, संस्मरण, समालोचना र निबन्धलागयतका विधाका साढे दुई दर्जनभन्दा बढी कृति प्रकाशित  छन्  । उनका विशेषगरी ‘साइँलीमैया’, ‘आमा बोलाउँछिन्,’ ‘९७ साल’  लागायत  कृति लोकप्रिय  छन् ।

    १९९३ मा जुम्लामा  जन्मिएका  भट्ट प्रगतिशील लेखक सङ्घ र प्रगतिशील प्राध्यापक सङ्घका पूर्वअध्यक्षसमेत थिए । 

    उनको शव श्रद्धाञ्जलिका लागि पशुपति आर्यघाटमा राखिने र अन्त्येष्टि गरिने प्रगतिशील लेखक सङ्घका अध्यक्ष प्रा डा जीवेन्द्रदेव गिरीले जानकारी दिए । भट्टका श्रीमती र दुई छोरा छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend