logo

२०८१ बैशाख १३ बिहिबार

logo
  • बिहिबार, १३ बैशाख २०८१
  • हुम्लामा फोर–जी टावर निर्माण हुँदै, हेलिकप्टरबाट सामान ढुवानी

    हुम्लामा फोर–जी टावर निर्माण हुँदै, हेलिकप्टरबाट सामान ढुवानी

    4.6K
    Shares

    हुम्ला । हुम्लाको विकट मानिने उत्तरी नाम्खा गाउँपालिकाको वडा नं ६ लिमीमा नेपाल टेलिकमको फोर–जी टावर निर्माण हुने भएको छ । टावर निर्माणका लागि हेलिकप्टरबाट सामान ढुवानी गरिएको छ । 

    लामो समयदेखि लिमीमा टावर नहुँदा यहाँका जनता सञ्चारसँग जोडिन सकेका थिएनन् । लिमीका जनतालाई सञ्चारमा जोड्नका लागि फोर–जीको टावर निर्माण गर्न लागिएको गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर लामाले जानकारी दिए ।

    अध्यक्ष लामाले भने, ‘जनता सञ्चारमा जोडिने आशामा धेरै समयसम्म रहेका थिए । अब पूरा हुने भएको छ ।’ उनका अनुसार गाडको सुविधा नभएको र मानिसले बोक्न नसक्ने  भएकाले हेलिकप्टरमार्फत सामान ढुवानी गरिएको हो ।

    टावर निर्माणका लागि सोलार सीस्टमका उपकरण सिम्रीक एयरको हेलिकप्टरमार्फत ढुवानी गरिएको छ । जनतालाई विकास र समृद्धि भएको अनुभूति गराउनुका साथै सञ्चारको पहुँचमा जोड्नका लागि फोर–जी टावर निर्माण गर्न लागिएको हो । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend