logo

२०८० चैत्र १६ शुक्रबार

logo
  • शुक्रबार, १६ चैत्र २०८०
  • बागमतीमा १२ सांसदले एकीकृत समाजवादी रोजेपछि मुख्यमन्त्री शाक्य अल्पमतमा 

    बागमतीमा १२ सांसदले एकीकृत समाजवादी रोजेपछि मुख्यमन्त्री शाक्य अल्पमतमा 

    1.6K
    Shares

    काठमाडौं।  बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य अल्पमतमा परेकी छन्। एमालेका १२ जना सांसदले एकीकृत समाजवादी रोजेपछि शाक्य अल्पमतमा परेकी हुन्।

    २ भदौमा मुख्यमन्त्रीको पदभार ग्रहण गरेकी उनी अन्ततः १४ दिनमै अल्पमतमा परेकी हुन्। 

    एमालेका राजेन्द्र पाण्डे, मुनु सिग्देल, रमा आले मगर, लक्ष्मण लम्साल, बसुन्धरा हुमागाईं, माधव पौडेल, वसन्त मानन्धर, पार्वती सिलवाल, कुसुम कार्की, इन्द्रमाया गुरुङ र राजेन्द्रमान श्रेष्ठले एकीकृत समाजवादीमा सनाखत गरेका छन्। हाल प्रदेश मन्त्री रहेका कृष्ण शर्मा खनालले पनि समाजवादीमा सनाखत गर्ने भएका छन्। 

    लामो समय माधवकुमार नेपाल समूहमा रहेकी शाक्य मुख्यमन्त्री बन्ने भएसँगै केपी ओली समूहमा गएकी थिइन्। 

    एमालेभित्रको शक्ति संघर्षमा माधव नेपाललाई साथ दिँदै आएकी उनी २ भदौमा एमाले बागमती प्रदेश संसदीय दलको नेता चयन हुँदै मुख्यमन्त्री बनेकी हुन्। 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend