logo

२०८१ बैशाख १४ शुक्रबार

logo
  • शुक्रबार, १४ बैशाख २०८१
  • सुदूरपश्चिमका १० प्रदेश सांसदले गरे समाजवादीको पक्षमा सनाखत

    सुदूरपश्चिमका १० प्रदेश सांसदले गरे समाजवादीको पक्षमा सनाखत

    3.5K
    Shares

    धनगढी । एमाले सुदूरपश्चिम प्रदेश सभाका १० जना सांसदले नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टीमा सनाखत गरेका छन् । समाजवादीमा खुलेका १३ सांसदमध्ये १० जनाले सनाखत गरेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

    भौतिक पूर्वाधार विकासमन्त्री दीर्घ सोडारीको नेतृत्वमा एमालेका १३ जना सांसद माधव नेपाल नेतृत्वको नेकपा (एस) तिर खुलेका छन् । तर सनाखतका लागि निर्वाचन कार्यालय जाँदै गर्दा दुईजना सांसद बाटोबाटै सम्पर्कविहीन भएका थिए । उनीहरुको खोजी भइरहेको सोडारीले बताएका छन् ।

    माधव नेपाल छाडेका एमाले उपाध्यक्ष भीम रावल धनगढी उत्रेपछि सांसद सम्पर्कविहीन भएको बताइएको छ ।

    सनाखत गर्नेमा आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशी, सामाजिक विकासमन्त्री लालबहादुर खड्का, सांसदहरु बलबहादुर सोडारी, अम्मर साउद, चुनकुमारी चौधरी, मना साउद, कुलवीर चौधरी, सुशीला बुढाथोकी, दुर्गा कामी र माया भट्ट छन् ।   

    तारालामा तामाङ र अर्चना गहतराज भने सम्पर्कविहीन छन् । समाजवादीतिर लागेको भनिएका कृष्ण सुवेदीले पनि सनाखत गर्न मानेका छैनन् । सांसदको खोजीमा रहेकाले सोडारीको पनि सनाखत हुन बाँकी छ ।  

    समाजवादीका केन्द्रीय सदस्य एवं आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशीले १० जनाको सनाखत भएको जानकारी दिइन् । ‘दुई जनाको कागजात नपुगेकाले आएनन् । भोलिसम्म १४ जना पुग्छन्’, जोशीले दाबी गरिन् । १४ जना सांसद पुर्‍याए प्रदेशमा समाजवादी प्रदेशकै ठूलो दल बन्ने छ । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend