logo

२०८० चैत्र १५ बिहिबार

logo
  • बिहिबार, १५ चैत्र २०८०
  • Advertisment

    Sunaulo Nepal

    ओखलढुंगाको एकै गाउँका ७५ जना कांग्रेसमा प्रवेश, नेता खतिवडाले गरे स्वागत

    ओखलढुंगाको एकै गाउँका ७५ जना कांग्रेसमा प्रवेश, नेता खतिवडाले गरे स्वागत

    3.6K
    Shares

    काठमाडौं । ओखलढुंगाको सुनकोसी मुलखर्क–६ पारामा लामो समयदेखि एमाले र माओवादीमा रहेका ७५ जना पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

    उनीहरुलाई बिहीबार सुनकोशी गाउँपालिकाको पारामा आयोजित पार्टी प्रवेश कार्यक्रममा कांग्रेस नेता रामहरि खतिवडाले स्वागत गरेका हुन् । पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै नेता खतिवडाले आगामी निर्वाचनमा ओखलढुंगामा कांग्रेस पार्टी अत्याधिक बहुमतले बिजयी हुने दाबी गरे । 

    ramhari khatiwada-okhaldhunga.jpg

    माधवकुमार नेपाल नअटाउने एमाले र रामबहादुर थापा ‘बादल’ नअटाउने माओवादी पार्टीमा कसैलाई उचित सम्मान नभएको बताउँदै अब पारा कम्युनिस्ट मुक्त  भएको जिकिर नेता खतिवडाले गरे । 

    नेता खतिवडाले कांग्रेसको आसन्न महाधिवेशनमा व्यक्तिगत स्वार्थमा भन्दा पनि सक्षम र असल नेतृत्वलाई जिताउन आग्रह गरेका समेत गरे । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend