logo

२०८१ बैशाख १३ बिहिबार

logo
  • बिहिबार, १३ बैशाख २०८१
  • हामी नेपाली हामी गोर्खाली (भिडियो) 

    हामी नेपाली हामी गोर्खाली (भिडियो) 

    5.1K
    Shares

    काठमाडौं ।  ‘हामी नेपाली हामी गोर्खाली’ शीर्षकको राष्ट्रिय गीतको  भिडियो सार्वजनिक भएको छ । गीत सुरेश राज पाठक, मधुसुदन थापा मगर र ममता गुरुङको स्वरमा रेकर्ड भएको हो ।

    कल्पना आङबुहाङको रचना रहेको गीतमा अशोक कुमार राईको संगीत छ । नेपाल चलचित्र कलाकार संघ यूकेको प्रस्तुतिमा तयार भएको म्युजिक भिडियोको छायांकन बेलायत भएको हो । 

    गीतको म्युजिक भिडियोमा रोमियन लिम्बु, ध्रुब दत्त, सिर्जना निलेगंखु, आस्था जोशी, दीपक मैथाने मगर, सन्तोष राई, सन्तोष राई, परशुराम राई, कुमुद पन्त, प्रतिमा दुराज र इन्दु लिम्बुको अभिनय समेटिएको छ ।

    कुशल श्रेष्ठले छायांकन र सम्पादन गरेको भिडियोको निर्देशन सन्तकुमार राईले गरेका हुन् । दिलु थापाको कोरियोग्राफी रहेको भिडियोमा नवीन निरौलाको कलर गरेका छन् ।  


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend