logo

२०८१ बैशाख ८ शनिबार

logo
  • शनिबार, ८ बैशाख २०८१
  • मारवलस मीको दोस्रो सिजन हुँदै 

    मारवलस मीको दोस्रो सिजन हुँदै 

    5.6K
    Shares

    काठमाडौं । फेसन स्टाइलिस्ट सोन्या गुरुङको मारवलस मी को दोस्रो सिजन बालुवाटारको रोयल एम्पायर बुटिक होटलमा सम्पन्न हुने भएको छ । 

     उक्त शोमा रङ, लिङ्ग, जात, हाइट, तौलको मूल्याङ्कनमा नभईव्यक्ति विशेषमा रहेको विशेषताको आधारमा प्रतिस्पर्धी छनोट गरिने मारवलस मीका सञ्चालकले बताएका छन् ।

    मारवलस मी (राम्रो म) भन्ने अर्थमा बुझिन्छ भने, सबै व्यक्ति विशेषमा कुनै न कुनै प्रतिभा लुकेको हुन्छ। यो प्रतियोगिताबाट उनीहरुका लुकेका प्रतिभालाई विशेष रुपले दर्शक माझ प्रस्तुत गर्ने तयारि रहेको भोग लस्ट प्रालि की अध्यक्ष एवम्  कार्यक्रम संयोजक सोन्या गुरुङले बताइन्। 

    यो कार्यक्रममा प्रतिस्पर्धीलाई २० दिनको प्रशिक्षणमा विभिन्न किसिमको क्रियाकलाप गराई उनीहरु भित्र लुकेका प्रतिभाको खोजी गर्ने गरी विभिन्न अनुसन्धानत्मक कार्यक्रम मार्फत प्रतिभा पहिचान गरेर दर्शकमाझ प्रेसित गर्ने कार्यक्रम रहेको छन्।

    यो कार्यक्रमको मुल्याङ्कन समितीमा ऱ्यापर हाकिम (सुरेन्द्र) गुरुङ लगायतको समिति रहेको छ भने सो कार्यक्रमलाई पूर्ण व्यवस्तित गर्नका लागि नेपालसरकारको कोभिड–१९ को मापदण्ड पालना गर्ने गरी ५१ सदस्य समिति गठन गरेर कार्यक्रम गरिन लागेको कुरा आयोजकले बताए। 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend