logo

२०८१ बैशाख ७ शुक्रबार

logo
  • शुक्रबार, ७ बैशाख २०८१
  • ‘चीनसँगको द्वन्द्वमा नेपाललाई प्रयोग गर्ने नीति नै एमसीसी हो’ (भिडियोसहित)

    ‘चीनसँगको द्वन्द्वमा नेपाललाई प्रयोग गर्ने नीति नै एमसीसी हो’ (भिडियोसहित)

    8.3K
    Shares

    अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सँग नेपाल सरकारले सम्झौता गरेको लामो समय बितिसकेको छ। तर अनुदान सम्झौता भने विवादित बनेको छ। एमसीसी सम्झौता विवादित हुँदा यसमाथि बहस जारी छ। एमसीसी किन यत्ति धेरै विवादमा आयो ? किन नेपालमा एमसीसीबारे शंका र उपशंका उत्पन्न भएका छन् ? यसै विषयमा रहेर सुनौलो नेपाल संवाददाता सीता न्यौपानेले माओवादी केन्द्रका नेता लीलामणि पोखरेलसँग गरेको कुराकानीको सम्पादित अशं 

    नेपाल सरकार र अमेरिकाको एमसीसी बीचमा भएको सम्झौता किन यत्ति धेरै विवादित बन्यो ?
    एमसीसी किन गठन भयो, यसको इतिहास के हो ? यसले भूमण्डलीय राजनीतिमा कस्तो प्रभाव पारेको छ। भूमण्डलीय राजनीतिमा देखा परेका अन्तरविरोधमा यसको के सम्बन्ध छ भन्ने पृष्ठभूमिमा एमसीसी गठन भएको छ। 

    यो अमेरिकी रक्षा मन्त्रालयको नियन्त्रणमा रहेको संस्था हो। यसले अमेरिकको सुरक्षा नीतिलाई मध्यनजर गरेर दिइने प्रष्ट छ। अमेरिकाले आफ्ना विरोधी संघसंस्था र देशलाई राजनीतिक रुपमै आंतककारी घोषणा गरेको छ। एमसीसीमार्फत सहायत दिने उनीहरुले केही आधार बनाएका छन्। सम्बन्धित राष्ट्रहरुले उनीहरुले बनाएको नियम पालना गर्नुपर्ने भन्ने शर्त छन्। शर्त राष्ट्रअनुसार फरक छ। नेपालको सन्दर्भमा बहस किन हो भने सोभियत संघको विघटन पछाडि अहिले विश्वको राजनीतिमा चीन तीव्र विकासको गतिमा छ। त्यसैले एकछत्र विकास र शक्तिका हिसाबले अमेरिका नम्बर एकमा रहेकोमा अहिले उसले चीनसँग प्रतिस्पर्धा गर्नुपर्ने अवस्था आएको छ।

    के यो सम्झौता अमेरिकाले अगाडि सारेको इन्डोप्यासिफिक सामरिक रणनीतिको अंग हो ? 
    अमेरिकाको स्वार्थ के देखिन्छ भने एमसीसी पछिल्लो चरणमा आइपुग्दा आइपीएससँग जोडिएर आएको छ। चीन र अमेरिकाबीचमा द्वन्द्व छ भने भारत अमेरिकाको सहयोगीको रुपमा रहेको छ। नेपालको भारतसँग सीमा र सन्धिबीचमा द्वन्द्व छ तर चीनसँग नेपालको खासै विवाद छैन। यो स्थितिमा नेपाललाई सामरिक महत्वको केन्द्र बनाउने सोच अन्तर्गत दक्षिण पूर्वी एसियाको राजनीतिको मनिटरिङ गर्ने र चीनसँगको द्वन्द्वमा नेपाललाई प्रयोग गर्ने नीति हो एमसीसी।

    ३, अन्तर्राष्ट्रिय मापदण्ड अनुसार विकासको गति अगाडि बढाउनका निम्ति एमसीसी आवश्यक छ भनिन्छ नि ?
    एमसीसी नआउञ्जेल विकास भएको थिएन ? राज्यको लागि ५० करोड डलर ठूलो धनराशी होइन। एउटा कम्पनी एनसेलले छलेको ६२ अर्ब कर उठाए पुग्छ। त्यो रकमले किन विकास नगर्ने ? भष्टाचार नियन्त्रण गर्ने हो भनेमात्रै पनि यो देश विकास गर्न कसैसँग अनुदान माग्नु पर्दैन। विद्युत् प्राधिकरणले एक हजार किलोमिटरको ट्रान्समिटर बनाउदै छ। एमसीसीले गर्ने जम्मा तीनसय किलोमिटर हो।

    चीनको चासोलाई कसरी हेर्नुभएको छ ? 
    चीनको बारेमा नेपालले सुरक्षा गर्दिनुपर्ने आवश्यक छैन। आफ्नो सुरक्षाको लागि चीन आफै सक्षम छ। गतवर्ष चीनको राष्ट्रपति नेपाल आएका बेला उनले सांकेतिक भाषामा भनेको छन् चीनको विरुद्धमा कसैले टाउको ठाडो पारेमा धुलोपिठो पारिन्छ । ग्लोबल राजनीतिका लागि अमेरिकाले नेपाललाई प्रयोग गर्ने योजना हो यो।

    एमसीसीकी उपाध्यक्ष नेपाल आउँदै छन्, उनको भ्रमणलाई कसरी लिनु भएको छ ? 
    एमसीसी कुनै पनि हालतमा पास गर्नुपर्छ भन्ने दबाब दिन उनी नेपाल आउन लागेकी हुन्। नेपालमा यो योजना विवादित बन्यो, राजनीतिक दहरुबीच सहमति छैन। हिजो सम्झौता गर्नेहरुले के सोचेर गरे, राष्ट्रिय हितको निक्यौल गर्न सकेनन्। आज जनता बुझ्ने भएका छन्, नागरिकमा देशभक्तको भावना जागृत भएको छ। त्यसले गर्दा एमसीसी खोतलियो र यो विवादित बन्यो। एमसीसी पास गर्न पटक–पटक उनीहरुको दबाब छ।

      


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend