logo

२०८१ बैशाख ७ शुक्रबार

logo
  • शुक्रबार, ७ बैशाख २०८१
  • फोर जी सेवा गुणस्तरीय बनाउँदै टेलिकम : कल ट्यापिङ हल्ला मात्रै 

    फोर जी सेवा गुणस्तरीय बनाउँदै टेलिकम : कल ट्यापिङ हल्ला मात्रै 

    8.5K
    Shares

    काठमाडौं । नेपाल टेलिकमले फोर जी सेवालाई अझै गुणस्तरीय बनाउने बताएको छ । पत्रकार सम्मेलनमा गरेर नेपाल टेलिकमका प्रवन्ध निर्देशक डिल्लीराम अधिकारीले टेलिकमको फोर जी सेवालाई अझ गुणस्तरीय बनाउने बताएका हुन् । 

    उनले फाइभ जी सेवालाई परिक्षणमा लैजाने प्रक्रिया आरम्भ गर्ने पनि बताऐ । प्रबन्ध निर्देशक अधिकारीले देशभरको फाइबर बिच्छ्याउने कामलाई तीव्रता दिने पनि उल्लेख गरे । आगामी दिनमा कोरोना संक्रमणका कारण टेलिकमको काम नरोकिने पनि उहाँले स्पष्ट पारे ।

    प्रबन्ध निर्देशक अधिकारीले टेलिकमले कल ट्यापिङ गर्ने हल्ला भएको भन्दै हल्लाको पछि नलाग्न सबैमा आग्रह गरे । टेलिकमसँग कल ट्यापिङ गर्ने उपकरण नै नभएको उल्लेख गर्दै उनले टेलिकमले कल ट्यापिङ नगरेको बताऐ ।

    उनले टेलिकमले सस्तो, गुणस्तरीय सेवा देशभरका सम्पूर्ण भेगमा पु¥याउने दायित्वको साथ काम गरिरहेको बताए । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend