logo

२०८१ बैशाख ८ शनिबार

logo
  • शनिबार, ८ बैशाख २०८१
  • बेणीमाधव जोशीको अध्यक्षतामा राष्ट्रिय जनमोर्चा डोटी जिल्ला समितिको पुनर्गठन

    बेणीमाधव जोशीको अध्यक्षतामा राष्ट्रिय जनमोर्चा डोटी जिल्ला समितिको पुनर्गठन

    4.6K
    Shares

    डोटी । राष्ट्रिय जनमोर्चा डोटी जिल्ला समितिको पुनर्गठन गरिएको छ ।

    जनमोर्चाका महासचिव मनोज भट्टको उपस्थितिमा गरिएको २३ सदस्यीय पुनर्गठित समितिका अध्यक्षमा बेणीमाधव जोशी रहेका छन् ।  त्यस्तै उपाध्यक्षमा रमेश अवस्थी, सचिव मान बहादुर खड्का, सह सचिव खगेन्द्र प्रसाद जोशी, कोषाध्यक्ष  नरेश आले रहेका छन् । 

    जिल्ला समिति पुनर्गठनका लागि सोमबार बसेको बैठकले सदस्यहरुमा उज्जर मगर, कृष्ण बहादुर पुनमगर, डबल तिरुवा, नरेन्द्र बिष्ट, कविराज जोशी, शेर बहादुर बम, तारा भट्ट, पुष्कर जोशी, चन्द्रकान्त जोशी, जनक भट्ट, रामचन्द्र भट्ट, शंकर बि.क, रमेश पातली, कमल भण्डारीलाई चयन गरेको छ । रिक्त रहेको बाँकी तीन सदस्यको यहि २६ गते बस्ने समितिको बैठकले पदपूर्ति गर्नेछ । 

    सोमबारको बैठकले एमसीसी अनुमोदन गराउने सरकारको कदमको कडा विरोध गर्ने निर्णय पनि गरेको छ । एमसीसी राष्ट्रघाती सम्झौता भएका ठहर गर्दै त्यसको खारेजीमा जोड दिने समितिको निर्णय रहेको छ ।  


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend