logo

२०८१ बैशाख १४ शुक्रबार

logo
  • शुक्रबार, १४ बैशाख २०८१
  • अल न्यु हुन्डाई टुसानको बिक्री सुरु : चार भेरियन्टमा उपलब्ध

    अल न्यु हुन्डाई टुसानको बिक्री सुरु : चार भेरियन्टमा उपलब्ध

    4K
    Shares

    काठमाडौं। हुन्डाई मोटर्सको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ‘अल न्यु टुसान’ सार्वजनिक गरेको छ। हुन्डाईले फ्युचरस्टिक डिजाइनमा तयार पारेको नयाँ जेनेरेसन टुसान विश्वभर चर्चामा रहेको मोडल हो।
     
    ‘मोस्ट डाइनामिक एन्ड ट्रेन्डी’ डिजाइनको कारण विश्वभर नयाँ जेनेरेसन टुसानलाई ‘एउटा डिजाइन रिभोलुसन’को संज्ञा दिइएको छ। यसमा प्रयोग गरिएको प्यारामेट्रिक हिडन लाइट, लामो ह्विलवेस, उत्कृष्ट इन्टेरियर, १८ इन्चको ठूलो अलोय ह्विल, टु ह्विल र फोर ह्विल ड्राइभिङ सिस्टमले नयाँ टुसानलाई अलग पहिचान दिएको छ। 

    नेपाली बजारमा नयाँ जेनेरेसन टुसानको विभिन्न चार भेरियन्ट उपलब्ध हुनेछ। जसमा जीएलएस टु ह्विल ड्राइभ म्यानुअल (पेट्रोल), जीएलएस टु ह्विल ड्राइभ अटोमेटिक (पेट्रोल), जीएलएक्स टु ह्विल ड्राइभ अटोमेटिक (पेट्रोल) र जीएलएक्स फोर ह्विल ड्राइभ अटोमेटिक (डिजेल) भेरियन्टमा उपलब्ध रहनेछ। यसको सुरुआती भेरियन्ट जीएलएस टु ह्विल ड्राइभ म्यानुअल (पेट्रोल)को मूल्य ८९ लाख ९६ हजार रुपैयाँ रहेको छ। 

    अमेजन ग्रे, ह्वाइट क्रिम, क्रिमसन रेड, सिम्रिङ सिल्भर, डिप सी र टाइटन ग्रे कलरमा उपलब्ध रहेको छ। नयाँ जेनेरेसन टुसानमा भ्यान्टिलेटेड सिट, हाइट एड्जस्ट, अटोमेटिक पावर टेलगेट, मल्टी एयर मोड सिस्टम, एम्बियन्ट मुड लाइटजस्ता फिचरले चालक र यात्रुलाई सुखद यात्रा गराउनेछ। बोल्ड डिजाइन र प्रविधिको भरपुर प्रयोग गरिएको इन्टेरियर, २.० लिटर टर्बो पेट्रोल र डिजेल इन्जिन यसको सबल पक्ष हो। 

    लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नेपालभर रहेका आफ्ना १३ सोरुम, १७ सर्भिस नेटवर्कबाट गाडी बिक्री तथा बिक्रीपछिको सेवा प्रदान गर्दै आएको छ। हुन्डाई मोटर्स विश्वकै पाचौं ठूलो कार उत्पादक कम्पनी हो। 
      


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend