logo

२०८१ बैशाख १३ बिहिबार

logo
  • बिहिबार, १३ बैशाख २०८१
  • बागमतीमा मुख्यमन्त्री शाक्यले पद जोगाउन बनाइन् दर्जन मन्त्री : कसले पाए कुन मन्त्रालय ?

    बागमतीमा मुख्यमन्त्री शाक्यले पद जोगाउन बनाइन् दर्जन मन्त्री : कसले पाए कुन मन्त्रालय ?

    4K
    Shares

    काठमाडाैं । बागमती प्रदेशकी मुख्मन्त्री अष्टलक्ष्मी शाक्यले मन्त्रिपरिषद् विस्तार गरेकी छन् ।

    बुधबार उनले ६ मन्त्री र ४ जना राज्यमन्त्री नियुक्त गरेकी हुन् । नियुक्त भएका मन्त्रीहरुमा विजय सुवेदी, अजयक्रान्ती शाक्य, रचना खड्का, प्रदिव कटुवाल, शान्ति प्रसाद पौडेल र चन्द्र लामा रहेका छन्।

    सुवेदीलाई सामाजिक विकास मन्त्रालय, शाक्यलाई आन्तरिक मामिला मन्त्रालय, खड्कालाई अर्थ, कटुवाललाई स्वास्थ्य, पौडेललाई उद्योग र लामालाई कृषि मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

    यस्तै, जुनेली माया श्रेष्ठ, बद्री मैनालीलाई, जीवन खड्का, र सरस्वती वाटीलाई राज्यमन्त्रीमा नियुक्त गरिएको छ ।

    भदौ २ मा बहुमतका आधारमा मुख्यमन्त्री बनेकी शाक्यको सरकार अहिले अल्पमतमा परिसकेको छ । अल्पमतमा परिसकेकाे सरकारले मन्त्रिपरिषद् विस्तार गरेकाे हाे ।

    एमाले विभाजन भएर नेकपा (एकीकृत समाजवादी) गठनसँगै अल्पमतमा परेकी शाक्यले बुधबार १० जनालाई मन्त्री बनाएसँगै मन्त्रिपरिषद्को संख्या १२ पुगेको छ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend