logo

२०८१ बैशाख १५ शनिबार

logo
  • शनिबार, १५ बैशाख २०८१
  • लोकमार्गमा पहिरो : धौलागिरीमा समस्या नै समस्या

    लोकमार्गमा पहिरो : धौलागिरीमा समस्या नै समस्या

    3.5K
    Shares

    बागलुङ । भदौ १८ गतेको पहिरो ५ दिन सम्म पनि पन्छाउन नसक्दा बागलुङमा इन्धनको अभाव हुन थालेको छ । बागलुङ मात्र नभइ साविकको धौलागिरी अञ्चलका चार जिल्ला पर्वत, म्याग्दी र मुस्ताङमा इन्धन र उपभोग्य वस्तुको अभाव हुन थालेको छ ।
     
    पहिरोका कारण अहिले पनि मध्यपहाडी लोकमार्गको पर्वत खन्ड अझै सम्म पनि खुल्न सकेको छैन । लोकमार्ग बन्द हुनु र बैकल्पिक मार्ग समेत नहुदा पेट्रोलियम पर्दाथ बोकेका सवारी साधन पर्वतको मोदी गाउँपालिकाको पातिचौरमै अड्किएका छन् ।

    एकै पटक धेरै पदार्थ राख्दा नटिक्ने र स्टोर नभएका कारण धौलागिरीमा पेट्रोलियम पदार्थको अभाव भएको व्यवसायी बताउँछन् ।  धौलागिरी पेट्रोलियम डिलर एसोसियसनका सदस्य हरिबाबु सापकोटा भन्छन् ‘स्थानिय व्यवासीले सन्चित गरेको राखेको पेट्रोलियम पदार्थ अहिले सकिनै लाग्यो, पेट्रोल त सकिइसकेको छ । डिजेल मिलाएर वितरण गरे केहीलाई मात्र पुग्ला ।’

    फलफूल तथा तरकारीको निर्यात तथा आयात गर्न समस्या

    पहिरोको कारण मध्यपहाडी लोकमार्ग अन्तर्गतको पर्वत खण्ड अवरुद्ध हुँदा बागलुङ बजारका व्यवसायीलाई फलफूल तथा तरकारी पुराउनै धौधौ भएको स्थानीय व्यापारीले बताएका छन् । 

    अहिले नौडाँडा–कार्कीनेटा–ज्ञादी भएर अत्यावश्यक काम परेका यात्रु ओहोर–दोहोर गरिरहेको छन् । पोखराबाट ठूला परिमाणमा तरकारी तथा फलफूल धौलागिरीमा भित्रिने गरेको थियो तर, अहिले सडक पूर्ण रुपमा अवरुद्ध बन्दा यहाँ उपभोक्तालाई ठूलो मार पारेको छ । बैकल्पिक बाटो भएर तरकारी तथा फलफूल भित्र्याउँदा केही मूल्य बढेको पनि स्थानीयले बताएका छन् । बाटो नखुलेसम्म तरकारी तथा फलफूलको माग धान्न समस्या हुने व्यवासायीले बताएका छन् ।

    नेपाली नारीको महान् पर्व हरितालिका तिजमा फलफूल तथा तरकारीको माग बढी हुने समयमा तरकारी अभाव हुदा व्यापारीले सोचे अनुसार व्यापार हुन नसकेकोमा व्यवसायी अहिले दुखी छन् । अहिले तरकारी बुटवल हुँदै बजार भित्र्याउने तयारी भैरहेको छ । पहिरोले सडक पुरेपछि आयात मात्र नभई निर्यातमा पनि समस्या भएको छ । बागलुङ ताराखोलाको आलु, धौलागिरीमा उत्पादित दुध, खसी बोका, लगायतका बस्तु निर्यात गर्न समस्या भएको यहाँ स्थानीय व्यापारीले बताएका छन् । उत्पादित बस्तु निर्यात गर्न नपाउँदा आफूहरु मर्कामा परेको व्यापारीहरुले बताए ।

    सडकको विकल्प हेलिकप्टर

    पहिरोका कारण सवारी चल्न नसक्दा अहिले चार जिल्लाका स्थानीयहरु स्वास्थ्यमा समस्या आउँदा मर्कामा परेका छन् । महङ्गो भाडा तिरेर हेलिकप्टरबाट अस्पतालसम्म पुग्नु परेका छ । नागरिक उड््डयन कार्यालय पोखराका अनुसार बिहीबारदेखि सोमबारसम्म बागलुङ, म्याग्दी, पर्वत, मनाङ, मुस्ताङमा गरी १९ वटा उडान भएका छन् । चार जिल्लाका स्थानीयहरु उपचारका लागि अस्पतालसम्म पुग्ने गरेका छन् ।

    पहिरोले इन्टरनेट सेवाको फाइबर तार पुरेपछि जिल्लामा संचार सेवा पनि प्रभावित बन्न पुगेको छ ।

    बाटो खुल्न अझै केही समय लाग्ने 

    मध्यपहाडी लोकमार्ग पहिरो पन्छाएर बाटो खुलाउन अझै केही समय लाग्ने भएको छ  । बाटो सफाइ गरी एकतर्फी संचालनका लागि काम भैरहेको छ । सडक माथिबाट आएको पहिरोले पर्वतको कुश्मा नगरपालिकाको चुवादेखि मोदी गाउँपालिकाको चुवासम्म विभिन्न ठाउँमा सडक पुरेको थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend