logo

२०८१ बैशाख १२ बुधबार

logo
  • बुधबार, १२ बैशाख २०८१
  • धर्मराज अधिकारीको एनआरएन उपाध्यक्षमा उम्मेदवारी

    धर्मराज अधिकारीको एनआरएन उपाध्यक्षमा उम्मेदवारी

    5.6K
    Shares

    काठमाडौँ -गैर  आवासीय नेपाली संघ (एनआरएन) को १० औँ महाधिवेशनमा धर्मराज अधिकारीले उपाध्यक्षमा उम्मेदवारी दिने  घोषणा गरेका  छन । 

    गैर आवासीय नेपाली संघ अष्ट्रेलियाको बिभिन्न पदमा जिम्मेवारी सम्हाल्दै ओसेनिया क्षेत्रका संयोजक बनिसकेका उनी पछिल्लो महाधिबेशनमा केन्द्रिय उपाध्यक्ष पदमा उमेद्वार हुन् ।  

    समाजसेवीको छवी बनाएका अधिकारी नुवाकोटको तारूका थातथलो भएका र हाल अष्ट्रेलियामा बस्ने सफल नेपाली व्यवसायी मध्यका एक हुन्।  उनका सिड्नी वरपर डोमिनोज पिज्जाको ब्राण्डलाई  दर्जन बढी  स्टोर छन्। 

    उपाध्यक्षका बलिया दाबेदार उनले विदेशमा बस्ने नेपालीको  लगानीको वातावरण बनाउने, नागरिकताको निरन्तरतामा दबाब श्रृजना गर्ने अनि बिदेशमा जन्मेका नेपाली मुलका युवा पुस्तालाई नेपालसँग जोड्ने जस्ता महत्वपूर्ण कार्ययोजनामा अघि  बढाउने सोच बनाएका छन्।

    निकै मिलनसार र भद्र व्यक्तित्वको रुपमा परिचित उनी ८४ देशमा सांगठनिक संरचना भएको गैरआवसीय नेपाली संघको आसन्न महाधिबेशनमा भारी मतका साथ् निर्वाचित हुनेमा बिश्वस्त छन्।  

    गैर आवासीय नेपाली संघको निर्वाचन आउँदो अक्टोबर अन्तिम साता अनलाइनमार्फत हुने तयारी छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend