logo

२०८० चैत्र १५ बिहिबार

logo
  • बिहिबार, १५ चैत्र २०८०
  • घट्दै कोरोना संक्रमण : पछिल्लो २४ घण्टामा थपिए ९११ संक्रमति, १३ जनाको मृत्यु 

    घट्दै कोरोना संक्रमण : पछिल्लो २४ घण्टामा थपिए ९११ संक्रमति, १३ जनाको मृत्यु 

    4.1K
    Shares

    काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ९११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । नेपालमा लगातार दोस्रो दिन १ हजारभन्दा कम संक्रमित भेटिएका हुन् ।
     
    शनिबार ९९४ जना संक्रमित थपिएका थिए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ११ हजार १८ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ८३८ र एन्टिजेन विधिबाट ७३ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । कोभिड–१९ को संक्रमणबाट थप १३ जनाको मृत्यु भएको छ ।

    हालसम्म नेपालमा पीसीआर विधिबाट ७ लाख ७७ हजार १६३ जना र एन्टिजेन विधिबाट ८६ हजार ६९४ जनामा संक्रमण पुष्टि भइसकेको छ । नेपालमा हाल २६ हजार ७५७ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये ४५४ जनाको सघन उपचार कक्ष र १४० जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

    यही अवधिमा १ हजार ४२३ जना निको भएका छन् । नेपालमा कूल संक्रमितमध्ये ७ लाख ३९ हजार ४५७ जना संक्रमणमुक्त भइसकेका छन् । नेपालमा निको हुने दर ९५.१ प्रतिशत पुगेको छ ।

    यसैगरी नेपालमा मृत्यु हुनेको कूल संख्या १० हजार ९४९ रहेको छ । पछिल्लो २४ घण्टामा थप १० हजार ४४९ जनाले खोप लगाएका छन् ।

    update-covid.jpg


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend