logo

२०८० चैत्र १६ शुक्रबार

logo
  • शुक्रबार, १६ चैत्र २०८०
  • काममा फर्किँदै अफगानी महिलाहरू

    काममा फर्किँदै अफगानी महिलाहरू

    5.2K
    Shares

    काबुल । तालिबानले अफगानिस्तानमा कब्जा जमाएपछि  विभिन्न क्षेत्रमा कार्यरत महिलाहरूले सुरक्षाको कारण जनाएर जागीर छोड्न वाध्य छन् । तर राजधानीको विमानस्थलमा कार्यरत रबिया जमालले भने करिब एक महिनापछि साहसिक निर्णय लिदै कामलाई निरन्तरा दिएकी छिन् । 

    कट्टरपन्थी इस्लामहरूले भने महिलाहरूले सुरक्षाका कारण घरमै बस्नुपर्ने दबाब दिँदै आएका छन् तर तीन सन्तानकी  आमा ३५ वार्षिया  रबिया भने कामलाई निरन्तरता दिने निधोमा पुगेकी छिन् ।

    रबियाले भनिन् ,’मलाई परिवार धान्न पैसा चाहिन्छ, घरमा बस्दा दिक्क भएँ अहिले जागिर सुरु गरेपछि खुसी छु।’ विमानस्थलमा कार्यरत ८० महिलाहरू मध्ये तालिबानको कब्जापछि जम्मा १२ जना काममा फर्किएका छन् । तर ती पनि राजधानी काबुलमा काममा जानका लागि अनुमति दिइएका थोरै मध्येमा पर्छन् ।

    विमानस्थलमा कार्यरत मध्ये ६ जना  महिलाहरू विमानस्थलको मुख्य प्रवेशद्वारमा गफ गर्दै शनिबार हर्षित मुद्रामा यात्रुहरूको प्रतिक्षमा थिए। 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend