logo

२०८१ बैशाख ७ शुक्रबार

logo
  • शुक्रबार, ७ बैशाख २०८१
  • एभर्टनको अपराजित यात्रा जारी

    एभर्टनको अपराजित यात्रा जारी

    3.5K
    Shares

    एजेन्सी । इङ्लिस प्रिमियर लिग फुटबलमा एभर्टनले अपराजित यात्रा जारी राखेको छ । घरेलु मैदानमा सोबार राति भएको खेलमा एभर्टनले बर्नलीलाई ३–१ गोलले हरायो । 

    एभर्टनको पूनरागमन जितमा माइकल किन, एन्ड्रोस टाउनसेन्ड र डेमाराई ग्रेले गोल गरे । बर्नलीका बिन मिलको सुरुवाती गोल सान्त्वना गोलमा परिणत भयो । 

    ५३औं मिनेटमा बिन मिले गोल गर्दै पाहुना टोलीको उत्साह जगाएका थिए । त्यसपछि एभर्टनले ६ मिनेटको अन्तरमा तीन गोल गर्दै सहज जित निकाल्यो । माइकल किनले ६०औं, एन्ड्रोस टाउनसेन्डले ६५औं र डेमाराई ग्रेले ६६औं मिनेटमा गोल गरेका थिए ।

    यस जितसँगै एभर्टन चौथो स्थानमा उक्लिएको छ । एभर्टनले चार खेलबाट १० अंक बनाएको छ । शीर्षस्थानमा रहेको म्यानचेस्टर युनाइटेड, चेल्सी र लिभरपुलको पनि समान १० अंक छ ।  पराजित बर्नली एक अंकसहित १८औं स्थानमा छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend