logo

२०८१ बैशाख ११ मंगलबार

logo
  • मंगलबार, ११ बैशाख २०८१
  • इन्टरनेट बिना कारोबार गर्न सकिने ‘नमस्ते पे’ सार्वजनिक हुँदै

    इन्टरनेट बिना कारोबार गर्न सकिने ‘नमस्ते पे’ सार्वजनिक हुँदै

    4.8K
    Shares

    काठमाडौं । नेपाल टेलिकमको मुख्य लगानी रहेको नेपाल डिजिटल पेमेन्ट कम्पनीले मंगलबारदेखि आफ्नो अनलाइन भुक्तानी सेवा सुरु गर्ने भएको छ । कम्पनीले लामो समयको तयारीपछि  ‘नमस्ते पे’ को सेवा सञ्चालनमा ल्याउन लागेको हो । 

    नमस्ते पे एप केही महिनादेखि आन्तरिक परीक्षणमा रहेको थियो । आन्तरिक रुपमा परीक्षण सफल भएपछि आजबाट सर्वसाधारणको सरकारी पेमेन्ट गेटवेको उपयोग गर्न पाउने टेलिकमका अधिकारीहरु बताउँछन् ।

    टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले अनलाईन तथा अफलाईनको माध्यम मार्फत मोबाइलबाटै आर्थिक कारोबार गर्न सकिने जानकारी दिए । सुरुवाती चरणमा सिमित सेवा राखेर सार्वजनिक गरिएतापनि विस्तारै अन्य सेवाहरु थपिदै जाने उनको भनाई छ ।

    सुरुमा कारोबार गर्नको लागि राष्ट्रिय वाणिज्य बैंकमा खाता भएका ग्राहकले मात्रै बैंकसँग भएको रकमबाट कारोबार गर्न पाउने बताइएको छ । पछि यस्तो सेवा अन्य बैंक वित्तीय संस्थामा बैंक खाता भएका ग्राहकको लागि पनि विस्तार गरिने कम्पनीले जानकारी दिएको छ ।

    गत वर्ष नै नेपाल राष्ट्रि बैंक र नेपाल टेलिकमबिच डिजिटल पेमेन्ट सञ्चालनका लागि भएको सम्झौता अनुरुप नमस्ते पे सार्वजनिक गर्न लागिएको हो । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend